Comments Add Comment

शुक्रबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट शुक्रबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले महशुल नबढाएसम्म प्राधिकरण घाटामै, आर्थिक वृद्धिदर ३.४ मा सीमित हुने, संघीय संरचनामा आर्थिक मुद्दाका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकमा २९ प्रतिशत महसुल नबढाएसम्म प्राधिकरण घाटामै, ४७ म्यानपावरलाई कारबाही गर्न निर्देशन, भूमिलाई १३ क्षेत्रमा वर्गीकरण गरिने, चीन भारत र नेपालबीच आर्थिक करिडोर प्रस्ताव, बिनास्वीकृति बीटीएस र अप्टिकल फाइबर, उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा आज, सेयर बजारमा सात अंकको गिरावट लगायतका खबर छन् ।

नागरिक दैनिकमा आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित हुने, बैंकमा लकर अभाव, भूकम्प प्रभावित जिल्लाका २ हजार युवालाई तालिम, कृषि अनुदानमा नीति नियम बाधक, विद्युत महसुल बढाउन नहुने सुझाव, पर्यटक नभए पनि होटल खुल्लै, नेप्से १० अंकले घट्यो, किसानलाई पहिलोपटक परिचयपत्र लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा स्रोत परिचालनमा सजग नभए परनिर्भरता बढ्ने, पुँजी बढाउने प्रस्ताव पारित हुन कठिन, आईएमएफको सहयोग बजेटरी प्रणालीमार्फत, पीडितले अझै पाएनन् जस्ता पाताको रकम, दीर्घकालिन महत्वका आयोजनालाई प्राथमिकता दिन सुझाव, आमाहरु अंग्रेजी सिक्दै कुक तालिममा लगायतका खबर छन् ।

अभियान दैनिकमा ११ महिनामा ७ खर्बको आयात, ठाकुरले गरे होटलमा १० अर्बको लगानी, उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा आज, भन्सार छुटमा ९२ हजार टन जस्तापाता आयात, इन्सेन्टिभ होलिडेजले ल्यायो ‘ट्राभल एप’ लगायतका खबर छन् ।

eco1

eco2 eco3 eco4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment