Comments Add Comment

विश्वकै पाका पुरुषको निधन

Sakari-Momoi,-Japan,-Oldest

२२ असार, काठमाडौं । विश्वकै सबैभन्दा धेरै उमेरका जापानी नागरिक साकारी मोमोइको ११२ बर्षको उमेरमा निधन भएको छ ।

साकारीको जन्म १९०३ फेब्रुअरी ५ मा जन्म भएको थियो । मिर्गौलाले काम नगरेपछि अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार उनी पेशाले अध्यापक थिए । विश्वकै सबैभन्दा धेरै उमेरसम्म बाँच्ने पुरुषको रुपमा उनको नाम सन् २०१४ मा गिनिज बुकमा लेखिएको थियो ।

एएफपीका अनुसार गिनिज बुकमा नाम लेखिएपछि उनले आफू अझै २ बर्ष बाँच्न चाहेको बताएका थिए । तर, उनको चाहना पूरा हुन सकेन ।

उनले आफू धेरै बर्षसम्म बाँच्नुको कारण स्वस्थ खाना र भरपुर निद्रा भएको बताउँथे ।

साकारीको निधनपछि अब जापानकै यासुतारो कोइदे विश्वकै सबभन्दा धेरै उमेरका पुरुष बन्न सक्ने बताइएको छ । उनी साकारी भन्दा लगभग एक महिना कान्छो छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment