Comments Add Comment

सेरेनाले छैटौं पटक विम्बल्डनको उपाधि जितिन्

Serena-Williams

२६ असार, काठमाडौं । अमेरिकी सेरेना विलियम्सले छैटौं पटक विम्बल्डन महिला टेनिसको उपाधि जितेकी छन् । यो उनको २१ औं ग्राण्डस्लाम हो ।

३४ वर्षकी शनिबार भएको फाइनलमा उनले स्पेनकी गाबाइन मुगरुजालाई ६-४ र ६-४ को सोझो सेटमा पराजित गरेकी हुन् ।

यससँगै उनी सबैभन्दा बढी ३३ वर्ष २८९ दिनको उमेरमा विम्बल्डन जित्ने पहिलो महिला खेलाडी बनेकी छन् ।

यसअघि यो रेकर्ड मार्टिना नवरातिलोवाको नामामा थियो । १९९० मा विम्बल्डन जित्न उनी ३३ वर्ष २६३ दिनकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment