Comments Add Comment

एसेजको पहिलो टेष्टमा इंग्ल्याण्ड विजयी

England

२६ असार, काठमाडौं । पहिलो टेष्ट अष्ट्रेलियाविरुद्ध १६९ रनको जित हात पार्दै इंग्ल्याण्डले एसेजमा १-० को अग्रता लिएको छ ।

चौथो दिन कार्डिफमा ४१२ रनको विजयी लक्ष्य पाएको अष्ट्रेलिया दोस्रो पारीमा २४२ मा अलआउट भयो । मिचेल जानसनले ७७ र डेभिड वार्नरले ५२ रन बनाए । स्टिभ स्मिथले ३३ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् ।

इंग्ल्याण्डका स्टुबार्ड ब्रोड र मोइन अलीले ३-३ विकेट लिए भने मार्क वुड र जोए रुटले २-२ विकेट लिए । यसअघि इंग्ल्याण्डले दोस्रो पारीमा सबै विकेट गुमाएर २८९ रन बनाएपछि तेस्रो दिनको खेल सकिएको थियो ।

पहिलो पारीमा इंग्ल्याण्डले रुटको १३४ रनको मदतमा सबै विकेट गुमाएर ४३० रन बनाएको थियो भने अष्ट्रेलिया ३०८ रनमा अल आउट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment