Comments Add Comment

अर्थमन्त्रीले एकलौटी बजेट बनाएको एमाले गुनासो

२९ असार, काठमाडौं । अर्थमन्त्रीले बजेट घोषणा गर्नुपूर्व बसेको मन्त्री परिषदको बैठकमा एमालेका मन्त्रीहरुले अर्थमन्त्री महतको आलोचना गरेका छन् ।

‘अर्थमन्त्रीले बजेट बनाउँदा एकलौटी गर्नुभयो, हामीसँग पर्याप्त छलफल गर्नुभएन,’ एक मन्त्रीले अनलाइनखबरसँग भने,’ हामीसँग सल्लाह नगरेका कारण हामीले बैठकमा अर्थमन्त्रीज्यूको आलोचना गरेको हुँ ।’

सरकारको नेतृत्व सम्हालेको कांग्रेसले एमालेका मन्त्रीहरुको मागलाई बेवास्ता गरेर बजेट बनाएको भन्दै एमाले मन्त्रीहरुले अर्थमन्त्रीको आलोचना गरेका थिए ।

बजेट भाषण जारी

ramsaran-mahat-1व्यवस्थापिका संसद बैठकमा बजेट भाषण जारी छ । अर्थमन्त्री डा. रामशरण महतले बजेट प्रस्तुत गरिरहेका छन् । बजेट भाषण सुरु गर्नुअघि उनले भूकम्पमा मृत्यु भएकाहरुप्रति श्रद्धान्जली र घाइतेहरुको स्वास्थ्य लाभको कामना गरे ।

अर्थमन्त्री महतले पुनर्निर्माणलाई प्राथमिकता दिइएको बताए । उनले नवनिर्माण र पुनर्निर्माणको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment