Comments Add Comment

८ किलो गाँजासहित महिला र बालिका पक्राऊ

गौतम श्रेष्ठ
२९ असार, गौर । बसमा लुकिछिपी गाँजा ल्याउँदै गरेको अवस्थामा दुई बालिकासहित तीन जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । चन्द्रनिगाहपुरबाट गौर तर्फ आउँदै गरेको ना ४ ख १५३४ नम्वरको यात्रुबाहक बसलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्ने क्रममा बसबाट ८ किलोग्राम गाँजा फेला परेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको भार्ता गाविस ७ घर निवासी ३० वर्षीया पवित्रा प्रजा, १५ वर्षीया सिता प्रजा र १२ वर्षीया शर्मीला प्रजा रहेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले बसलाई चेकजाँच गर्न थालेपछि उनीहरु ओर्लेर भागेका थिए । भागिरहेका महिला र बालिकालाई प्रहरीले दुई सय मिटरसम्म लखेटेर पक्राउ गरेको प्रहरी निरीक्षक सन्तलाल जैसवालले बताए । गाँजा फेला परेपछि पक्राउ पर्ने डरले तिनै जना भाग्न खोजेका थिए ।

पक्राउ परेकाहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको तथा उनीहरु विरुद्ध लागु औषध ओसारपसार ऐन अन्तर्गतको मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment