Comments Add Comment

इलाका प्रशासन कार्यालय कावासोतीमा ५ करोड राजश्व संकलन

२ साउन, नवलपरासी । नवलपरासीको कावासोतीमा रहेको इलाका प्रसाशन कार्यालय कावासोतीेले आर्थिक बर्ष ०७१/७२ मा ५ करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।

साविक ३७ गाविस अर्थात हालको ३ नगरपालिका र ३० गाविस रहेको नवलपुर क्षेत्रका बासिन्दा इलाका प्रशासन कार्यालय कावासोतीमा राहदानी बनाउन, नागरिकता बनाउन आउने गर्दछन् ।

इलाका प्रसाशन कार्यलय कावासोतीका शाखा अधिकृति टिकाराम वाग्लेका अनुसार आर्थिक बर्ष २०७१/७२ मा ५ करोड १३ लाख ६२ हजार १४ रुपैया राजश्व संकलन भएको हो । इलाका प्रशासन कार्यालय कावासोतीले राहदानीबाट ५ करोड ११ लाख ४० हजार र संस्था नविकरणबाट १ लाख ९४ हजार ५० रुपैयां, प्रशासनिक दण्ड गरिवानाबाट २६ हजार २ सय र आयकरबाट १ हजार ७ यस ६४ रुपैया गरि जम्मा ५ करोड १३ लाख ६२ हजार १४ रुपैया राजश्व संकलन भएको हो ।

आर्थिक बर्ष २०७१/७२ इलाका प्रसाशन कार्यालय कावासोतीबाट साधारण सेवामा १ हजार ५ सय ५० र ८ हजार ३ सय ५५ जना पुरुषले गरी ९ हजार ९ सय , ५ जनाले राहदानी लिएका छन् ।

त्यस्तै दु्रत सेवामा १ हजार ७९ महिला र पुरुष ५ हजार ५ सय ९६ जना पुरुष गरी जम्मा  ६ हजार ६ सय ७५ जनाले राहदानी लिएका छन् ।

इलाका प्रशासन कार्यालय कावासोतीले गत आर्थिक बर्षमा राहदानीबाट ४ करोड, ४९ लाख १५ हजार, संस्था नविकरणबाट १ लाख ११ हजार २ सय ५० रुपैंया र दण्ड  जरिवानाबाट ५४ हजार गरी ४ करोड ५० लाख ८० हजार २ सय ५० रुपैपा राजस्व संकलन गरेको थियो ।

इलाका प्रशासन कार्यालय कावासोतीले आर्थिक बर्ष २०७०/७१ को तुलना आर्थिक बर्ष २०७१/७२  करिब ६३ हजार बढी राजश्व संकलन भएको छ । इलाका प्रशासन कार्यालय कावासोतीमा सबैभन्दा बढी राहदानीबाट राजश्व संकलन गरेको इलाका प्रसाशन कार्यलय कावासोतीका साखा अधिकृति टिकाराम वाग्लेले बताउनुभयो ।

रामकुमार श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment