Comments Add Comment

सल्यानमा बृहत साँस्कृतिक कार्यक्रम

३ साउन, खलंगा । नेपाल बाल संगठन सल्यानले सदरमुकाम खलंगामा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । दुई दिनसम्म चलेको कार्यक्रमबाट नयाँ प्रतिभा प्रष्फुटन भएको आयोजकले जनाएको छ ।

Salyan-Cultural-Programme

नेपाल बाल संगठन सल्यानले शनिबारदेखि आयोजना गरेको खुल्ला कविता, गीत र नृत्य प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।

आइतबार सम्पन्न लोकगीत गायनमा जीवनी बस्नेत पहिलो भएकी छन् । चन्द्रकला कवर दोस्रो र नोखिराम थापा तेस्रो भएका छन् । सरिता बुढाथोकीले सान्त्वना स्थान हासिल गरेकी छन् ।

नृत्यमा शान्ता बस्नेत पहिलो, सरोज गिरी दोस्रो र मेनका परियार तेस्रो भएका छन् । शर्मिला चलाउने र मुना विकले सान्त्वना पुरस्कार पाएका छन् । त्यस्तै कविता प्रतियोगितामा यसोदा लामिछाने पहिलो, प्रकाश वली दोस्रो र गीता शर्मा तेस्रो भए ।

कविता, लोकगीत र नृत्य प्रतियोगितामा पहिलो हुनेले ३ हजार नगद र प्रमाण पत्र पाएका छन् । दोस्रो हुनेले २५ सय र तेस्रो हुनेले २ हजार नगद तथा प्रमाणपत्र पाए । सान्त्वना स्थान हासिल गरेकाहरुलाई प्रमाणपत्रले सम्मान गरिएको छ ।

‘सल्यानलाई कला, साहित्य र संगीतको उर्वर भूमि बनाउदै, उत्कृष्ट प्रतिभा जन्माउने हाम्रो अभियान’ भन्ने नारासहित आयोजित कार्यक्रम शनिवार नै सम्पन्न गर्ने भनिएता एक दिन लम्बिएको थियो ।

आयोजक नेपाल बाल संगठन सल्यानका अध्यक्ष ऋषिकेश जंग शाहले सबै विधामा आउदो बर्षदेखि ‘सल्यान तारा’ आयोजना गरी प्रतिभा प्रस्फुटन गराउने बताए । साथै असोज दोस्रो साता सल्यान महोत्सव आयोजना गर्ने योजना रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment