Comments Add Comment

बाहुबलीको नाम गिनिज बुकमा लेखियो

bahubali

मुम्बई । रेकर्ड ब्रेकको श्रृङ्खलामा सबै भन्दा अगाडी छ हिन्दी चलचित्र बाहुबाली । अहिलेसम्मको सबै भन्दा धेरै ब्यापार गर्न सफल भारतीय चलचित्र भनेर चिनिएको उक्त चलचित्रले अर्को पनि रेकर्ड ब्रेक गरेको छ । सबै भन्दा ठूलो पोष्टर बनाएर ।

उक्त चलचित्रले ५० हजार वर्ग फूट भन्दा ठूलो पोष्टर बनाएर गिनीज वल्ड रेकर्ड कायम गरेको छ । रिफरेन्स बुकले आफ्नो आधिकारिक वेभसाईटमा लेखेको छ । ‘सबै भन्दा ठूलो पोष्टरको साईज ४,७९३.६६ वर्गमीटर (५१,५९८.२१) थियो ।

तर, यही गएको २७ जुनमा भारतको कोच्चिमा ग्लोबल युनाईटेड मीडिया कम्पनि प्रालिले हाँसिल गर्‍यो । आफ्नो चलचित्रले गिनिज रेकर्ड राख्न सफल भएकोमा निर्देशक राजामौलिले खुसी ब्यक्त गर्दै ट्वीटरमा वेभसाइटको लिंक पोष्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment