Comments Add Comment

प्रमुख चारदल मस्यौदामा जनताले दिएका सुझाव समेटेर जाने

Four-party-meeting

९ साउन, काठमाडौं । ‘नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा’माथि जनताले दिएका प्रमुख सुझावलाई समेटेर संविधान निर्माण प्रक्रिया अगाडि बढाउन प्रमुख चार शक्ति सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको प्रमुख चार दलको बैठक जनताले दिएका सुझावहरु सकेसम्म समेट्ने विधि र प्रक्रियाका विषयमा केन्द्रित रहेको बैठकपछि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिए ।

सुझाव सङ्कलनको क्रममा आएका प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्था गरिनुपर्ने, प्रदेशको सीमाङ्कन र नामाङ्कन टुङ्ग्याउनुपर्ने, वडाध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुनिनुपर्ने, हिन्दू राष्ट्र वा धार्मिक स्वतन्त्रता लेखिनुपर्ने, निर्वाचन प्रणालीमा  मतसीमा (थ्रेसहोल्ड)को व्यवस्था गर्नुपर्नेलगायत प्रमुख सुझावलाई समेट्नेबारे छलफल छ ,

सविधानसभा, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले यही साउन ४ र ५ गते देशव्यापी रुपमा संकलन गरेको मस्यौदा माथिको जनताको सुझावलाई यथासम्भव बढीभन्दा बढी समावेश गरी साउनभित्रै संविधान जारी गर्न बैठकमा चार पक्ष सहमत भएका हुन् । गच्छदारले भने, “संविधान साउनभित्रै जारी हुन्छ, त्यो साउन २५ गते पनि हुनसक्छ वा साउन ३० वा ३१ गतेपनि हुनसक्छ ।”

जनताको सुझावबारे प्रारम्भिक छलफल भएको र लि बिहान पुनः चार दलका शीर्ष नेताको बैठक बसी सबै विषयमा बृहत छलफल गरी टुङ्गोमा पुग्न कोसिस गरिने उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment