Comments Add Comment

महिलाको हत्या गरी टाउकोसहित भित्री अंग वेपत्ता पार्ने पक्राऊ

निमुसंगम घर्ती
१० साउन, घोराही । दाङमा एक महिलाको हत्या गरी टाउको सहित भित्री अंगहरु बेपत्ता परेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गत विहीबार राती घोराही नगरपालिका ४ चौघेराको श्रीकृष्ण टोलमा ५६ वर्षीया देवकी विश्वकर्माको हत्या भएको थियो । घटनास्थलमा टाउको, कलेजो, फोक्सो र आन्द्रा भने थिएन ।

हत्या अभियोगमा घोराही ४ चौघेराकै ३७ वर्षीय रमेश विकलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । उनलाई देउखुरीको सतबरीया गाविसको कप्तानगंजबाट एकथान खुकुरीसहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुबेर कडायतले जानकारी दिए ।

मानसिक रोगी देवकी २५ बर्षदेखि त्रिपुर ४ सौरी निबासी दाजु डम्बरबहादुर बिश्वकर्माको घरमा बस्दै आएको र विहीबार बहिनी विमला बिश्वकर्माको घरमा आएको बेला हत्या भएको थियो । भान्सामा सुतेकी देवकीको हत्या पछि टाउको, कलेजो, फोक्सो र आन्द्रा सहित रमेश विक वेपत्ता थिए ।

पीडित पक्षले हत्यामा रमेशको संलग्नता रहेको भन्दै किटानी जाहेरी दिएका थिए । रमेश समेत मानसिक रोगी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment