Comments Add Comment

पूर्वसभासद् कुसवाहालाई १५ दिन थुनामा राख्न अनुमति

१० साउन, कलैया । जिल्ला प्रहरी कार्यालयले पूर्वसभासद् शिवचन्द्र कुसवाहालाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जग्गा सम्बन्धमा वरियारपुर गाउँमा दुवै पक्षबीच झैँझगडा, मारपिट, तोडफोड भएको घटनाको विषयमा छलफलका लागि सदभावना पार्टीका उपाध्यक्ष रहेका पूर्वसभासद् कुसवाहालाई यही साउन ८ गते जिल्ला प्रहरी कार्यालयमा बोलाइएको थियो ।

छलफल गरिरहेको अवस्थामा कुसवाहाले प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्ल र प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीसमेतलाई अपशब्द, दुव्र्यवहार गरेपछि प्रहरीले साउन ३ गते हिरासतमा लिई सार्वजनिक अपराधमा कारवाही चलाएको थियो ।

पूर्वसभासद् कुसवाहा पहिलो संविधानसभाको निर्वाचनमा निर्वाचन क्षेत्र २ बाट एमाओवादीबाट निर्वाचित भएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment