Comments Add Comment

प्रहरी कार्यालयलाई सोलार प्यानल

आरपी सुवेदी
११ साउन, नेपालगन्ज । बहुमुखी सेवा केन्द्र बाँकेले ईलाका प्रहरी कार्यालय भोजभगवानपुरका लागि एक सेट सोलार प्यानल उपलब्ध गराएको छ ।
Solar
जिल्ला प्रहरी कार्यालय बाँकेमा केन्द्रका अध्यक्ष प्रभातकुमार ठकुरीले बाँकेका प्रहरी प्रमुख एस्पी पन्तलाई सोलार प्यानल ईलाका प्रहरी कार्यालय भोजभगवानपुरका लागि प्रयोग गर्नको लागि उपलब्ध गराएका हुन ।

जनताको सुरक्षामा खट्ने प्रहरीका लागि सञ्चारसेट चार्ज गर्न ३५ हजार मूल्यको सोलार सेट लिएको ठकुरीले बताए ।

सोलार बुझ्दै बाँकेका प्रहरी प्रमुख तथा एस्पी बसन्त पन्तले बाँकेका अन्य ८ ठाँउका प्रहरी युनिटमा पनि सोलार वा बैकल्पिक उर्जाको आवश्यकता भएको औल्याउदै उनले बहुमुखी सेवा केन्द्रले जस्तै गरी प्रहरीलाई साधनले युक्त बनाउन सके प्रहरीबाट पनि ततकाल सुरक्षा प्रदान गर्नमा सहजता हुने बताए । यस्ता सहयोगी हातलाई स्वागत गरिने पन्तको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment