Comments Add Comment

करिश्माको पछि-पछि संयम, यस्तो छ ‘लभ-सब’ नयाँ गीत(भिडियो)

love-sbu

प्रतिक्षित चलचित्र ‘लभ-सब’ अहिले चर्चामा छ । चलचित्रमा समावेश कथावस्तु, संवादका कारण यसको चर्चा चुलिएको हो । फेसबुकमा विभिन्न तबरले यसको प्रचार अगाडि बढाइएको छ भने मिडियामा पनि यसको जोडतोडका साथ चर्चा भएको पाइन्छ ।

सुशिल पोख्रेल र नरेन्द्र महर्जनको निर्माणमा तयार भएको यो चलचित्रमा देवकुमार श्रेष्ठको निर्देशन छ । चलचित्रका कलाकारहरु संयम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ । शिशिर भण्डारी पनि अहिले चलचित्रलाई दर्शकसम्म पुर्‍याउनका लागि विभिन्न तबरले सक्रिय छन् ।
निर्मापक्षले चलचित्रमा समावेश एक रोमान्टिक गीत सार्वजनिक गरेको छ । सार्वजनिक ‘सुन सुन साथी सुन’ बोलको गीतमा संयमको प्रेम करिश्माप्रति देखिएको छ ।

चलचित्रमा संयम बोल्न नसक्ने यूवकको भूमिकामा देखिएका छन् । निर्माता सुशिल पोख्रेल चलचित्रका संवाद, कथावस्तु र पटकथालाई दर्शकलाई हसाँउने र हेर्दा हेर्दै रुवाउने दाबी गर्छन् । चलचित्र भदौ २५  गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment