Comments Add Comment

एमाओवादीले आजको संसद पनि बहिस्कार गर्ने

१९ साउन, काठमाडौं । बजेटमा आफ्ना मुद्दा सम्वोधन नभएपछि रुष्ट भएको एकीकृत नेकपा माओवादीले मंगलबारको संसद बैठक पनि बहिस्कार गर्ने भएको छ । एमाओवादीले सोमबार बहिस्कार गरेपछि बैठक मंगलबारका लागि सारिएको थियो ।

फाइल तस्वीर
फाइल तस्वीर

दिउँसो १ बजे बस्ने संसद बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची छ ।

संसद बैठकअघि एमाओवादीका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोख्रेलले आफूहरुका माग सम्वोधन नभएसम्म संसद बैठक बहिस्कारको निर्णय यथावत रहेको बताए ।

‘पेश्की खर्च विधेयक पारित गर्नेबेलामा भएका सहमति पालना नभएसम्म हामी बैठकमा सहभागी हुँदैनौं,’ पोख्रेलले भने ।
एमाओवादीले बजेटलाई संघीय संरचनागत नबनाइएको, शान्ति प्रक्रिया र त्यससँग जोडिएका मुद्दालाई नसमेटिएको, कांग्रेस-एमालेका नेताको नाममा विभिन्न कार्यक्रम ल्याइएको तर, माओवादीलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएको छ ।

अर्थमन्त्री डा. रामशरण महतले सोमबार ‘विनियोजन विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गरेपछि प्रमुख प्रतिपक्षी एमाओवादीका सभासद बैठकबाट बाहिरिएका थिए । प्रमुख प्रतिपक्षी सहभागी नभएकाबेला संसद बैठक सञ्चालन नहुने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment