Comments Add Comment

सिंहदरबार पसेर दिनभरि के गर्छन् शीर्षनेता ?

Top-Leader

  • सम्वाद समितिको बैठकमा शीर्ष नेताहरू

२१ साउन, काठमाडौं । आजै सहमति नगरी नछाड्ने भन्दै चारदलका शीर्षनेता विहीबार बिहान ७ बजेदेखि नै सिंहदरबार परिसरमा छिरेका थिए । तर, बेलुका ४ बज्दासम्म उनीहरुले कुनै निश्कर्ष निकाल्न सकेनन् र १० मीनेटलाई ‘टिफिन’ घोषणा गरे । अन्ततः बैठक फेरि शुक्रबारका लागि सारिएकाे छ ।

बिहीबारकाे बैठकमा सहमति नभएपछि शुक्रबार विहान ९ बजे शीर्ष नेताकाे बैठक बस्ने र दिउँसाे १ बजे सम्वाद समितिकाे बैठक गर्ने शर्तमा नेताहरू घरतिर लागेका छन् ।

यस्ताे छ नेताहरूकाे पारा

शीर्ष नेताहरुले सरकारी भात खाएर यसैगरी सिंहदरबारमा दिन बिताउन थालेको तीन दिन बितिसकेको छ । बिहान ८ बजेदेखि राति ९ बजेसम्म घोटिँदा पनि उनीहरु निश्कर्षमा पुग्न सकिरहेका छैनन् । अब मिलिहाल्यो भन्ने सन्देश आउँछ, फेरि मिलेन भन्ने अर्को खबर आउँछ । आखिर सिंहदरबारभित्र चाँहि नेताहरुको पारा बेग्लै देखिएको छ ।

विहीबारको बैठकमा केहीबेर बसेर केपी ओली बीचैमा हिँडे । प्रधानमन्त्री सुशील कोइराला पनि रामचन्द्रलाई छाडेर बाहिरिए । सप्तरीलाई समेत पूर्वी प्रदेशमा मिसाउनुपर्ने माग राखेका बिजय गच्छदार पनि ‘बिराटनगर जानु छ’ भन्दै एयरपोर्टतिर लागे ।

कोइराला, ओली र गच्छदार बाहिरिएपछि बैठकको नेतृत्व गर्ने जिम्मेवारी प्रचण्ड, विद्या भण्डारी, रामचन्द्र पौडेल र नारायणकाजी श्रेष्ठलगायतका नेताहरुको काँधमा सर्‍यो । तर, उनीहरु हिजोको बैठकको समाचार मिडियालाई कसले दियो भन्ने विषयमा बहस गर्न थाले ।

‘कुरै नमिलिकन पत्रपत्रिकालाई समाचार किन दिइयो ? यस्तै पाराले कसरी मिल्छ ?’ विहीबारको शीर्ष बैठकमा यस्तै विषयमा छलफल भइरहेको सुनियो । ६ प्रदेशमा सहमति भइसक्यो भनेर समाचार बाहिर आएपछि पश्चिमका थारु, पूर्वका लिम्बु र मधेसवादी एवं आदिवासी जनजातिहरुको ‘प्रेसर’ बढेको शीर्षनेताले बैठकमा अनुभूति सुनाए ।

विहीबारको बैठक पनि अघिल्ला दिनहरुको जस्तै भात खानमै सीमित हुने देखिएको संकेत गर्दै सहभागी एक नेताले अनलाइनखबरसँग भने- ‘ठूला नेताज्यूहरुमा गैरजिम्मेवारीको पराकाष्टा देखियो, कोही बैठकमै नआउने, कोही बिराटनगरतिर लाग्ने, कोही घरैमा सुत्ने, अनि कसरी मिल्छ ?’

माओवादी भन्छ-हामीबाट टुंगियो, तिमीहरुको पालो

विहीबारको बैठकमा एमाओवादी नेताहरुले आफूहरुको तर्फबाट गर्नुपर्ने सहमति भइसकेको र अब कांग्रेस र एमालेको पालो बाँकी रहेको बताएका छन् । ‘हाम्रो तर्फबाट हिजो राति साढे ८ बजे नै कुरो टुंगिइसकेको छ, अब जेजे गर्नुपर्छ, तपाईहरु गर्नोस्’ बैठकमा एमाओवादी नेताको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरलाई बतायो ।

एकै रातमा अग्राख पलायो

आठ प्रदेशबाट रातारात ६ प्रदेशमा झरेका चार दलका शीर्ष नेताहरु विहीबार पुनः अन्यान्य विवादमा अल्झिएका छन् । पूर्वको विवाद मिल्यो अब कैलालीको मात्रै बाँकी छ र शेरबहादुर जीलाई मनाउनुपर्ने छ भन्दै बुधबार राति नेताहरु उठेका थिए ।

तर, बिहान तीनैदलका ३२ सभासदले अखण्ड लुम्बिनीको माग अगाडि सारेका छन् । विहीबार नै संघीय लिम्बुवान पार्टीले ९ जिल्लाको छुट्टै प्रदेश माग गर्दै चार दलको सहमतिविरुद्ध बन्दको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment