+
+

फेसबुकले सुरु गर्‍यो ‘लाइभ’ भिडियो

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २१ गते २०:४२

face-book-live

सोसल मिडिया साइट फेसबुकले स्ट्रिमिङ भिडियो फिचर ‘लाइभ’ सुरु गरेको छ । तर यो फिचर सबै प्रयोगकर्ताका लागि नभै केवल सेलिब्रेटीहरुका लागि मात्र हो ।

‘लाइभ’ को माध्यमबाट कलाकार, संगीतकार तथा अन्य सेलिब्रेटीहरुलाई आफ्ना फ्यान सँग जोडिनका लागि थप सहज हुने विश्वास गरिएको छ ।

फेसबुकका प्रडक्ट म्यानेजर वादिम लाब्रुसीले एक ब्लग पोष्टमा लेखेका छन्, ‘आजबाट सेलिब्रेटीहरु फेसबुक मेन्सनबाट आफ्नो लाइभस भिडियो शेयर गर्न सक्छन् । यो एउटा यस्तो एप हो जसका माध्यमबाट खेलाडि, संगीतकार, नेता तथा अन्य चर्चित व्यक्तित्वहरुलाई आफ्ना फ्यानहरुसँग तथा एक अर्कामा कुराकानी गर्न थप सजिलो हुनेछ ।’

उनका अनुसार फेसबुकको लाइभ स्ट्रिमिङ भिडियोमा लाइभ प्रशारणकै क्रममा लाइक गर्न सकिने, शेयर गर्न सकिने तथा कमेन्ट समेत गरेर सेलिब्रेटीसँग कुराकानी गर्न समेत सकिनेछ । साथै आफ्ना साथीहरु तथा अरु मानिसहरुले आफ्नो भिडियो कतिबेला देखि हेर्न सुरु गरे भन्ने जानकारी समेत सेलिब्रेटीहरुले पाउन सक्छन् ।

face-book-2

चर्चित हस्तीहरुसँग उनीहरुका फ्यानहरु रियल टाइममा जोडिने एउटा उत्तम तरिकाको रुपमा फेसबुकको लाइभ भिडियो स्ट्रिमिङ फिचर रहेको दाबी फेसबुकका अधिकारीको छ । साथै भिडियो लाइभ हेर्न नपाएकाहरुले पछि पनि उक्त भिडियो हेर्न पाउने सुविधा समेत रहेको फेसबुकले जनाएको छ ।

अहिलेसम्म यो फिचरसँग जोडिने सेलिब्रेटीहरुमा टेनिस स्टार सेरेना विलियम्स, अभिनेता ड्वेन जोनसन, म्युजिक स्टार ल्यूक ब्रायन, ब्राजिलियन फुटबलर काका, अभिनेत्री एश्ले टिसडेल तथा गायक माइकल बुबले लगायतका रहेका छन् ।

यहीँ वर्ष टि्वटरको भिडियो स्टि्रमिङ फिचर पेरिस्कोप तथा एक अर्को स्वतन्त्र भिडियो स्टि्रमिङ एप मिरक्याट सार्वजनिक भएर लोकपि्रयता हासिल गरेसँगै फेसबुकले त्यसको प्रतिस्पर्धीको रुपमा आफ्नो भिडियो स्ट्रिमिङ एप ‘लाइभ’ ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?