+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विपदमा खोज तथा उद्धारका लागि थप हेलिकप्टर किन्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १ गते २०:१६

१ कात्तिक, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको समयमा हुने खोज तथा उद्धारका लागि थप हेलिकप्टर चाहिने निष्कर्ष निकालेको छ ।

बिहीबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले विपदका बेला खोज तथा उद्धारका लागि हेलिकप्टर अपुग भएको निष्कर्ष निकालेको छ ।

प्राधिकरणका सहसहचिव बसन्त अधिकारीका अनुसार थप हेलिकप्टर किन्न र खोज तथा उद्धारका लागि अत्यावश्यक सामग्री किन्न प्राधिकरणकै राष्ट्रिय परिषदलाई सिफारिस गरिएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहने यो परिषदको बैठक शुक्रबारका लागि बोलाइएको छ ।

‘विपद खोज उद्दार कार्यलाई थप प्रभावकारी बनाउन थप संख्यामा हेलिकप्टर चाहिएको हामीले महसुस गर्‍यौं, त्यस्तै खोज तथा उद्दार कार्यमा चाहिने उपकरणको पनि व्यवस्थापन हुन भोलि बस्ने राष्ट्रिय परिषदको बैठकलाई सिफारिस गर्ने निर्णय भएको छ’, अधिकारीले भने ।

यस्तै यस वर्ष मनसुन अवधि जेठ २८ देखि असोज २६ गतेसम्म विपदबाट मृत्यु भएकाहरुको परिवारका एक सदस्यको बीमा गर्न पनि सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?