Comments Add Comment

फुङलिङबासीले सडकमै रोपाइँ गरे (फोटो फिचरसहित)

Ropai-At-Fungling-1

रविन भट्टराई

२२ साउन, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङका बासिन्दाले शुक्रबार सडकमै धान रोपाइँ गरेका छन् । बजार भित्रको पक्की सडक स्तरोन्नती नभएपछि स्थानीयबासीले विरोध स्वरुप सडकमा धान रोपेका हुन् ।

फुङलिङ बजारको दोवाटो छुट्ने ठाउँदेखि पुरानो बैंक लाईन हुँदै पराजुली चौकसम्मको हिलाम्मे सडकमा रोपाइँ गरिएको छ । रोपाई गर्नुअघि सहभागी हुनेहरुले ‘भत्किएको सडक चाहिँदैन, जनतालाई सास्ती दिन पाइँदैन, भत्किएको सडक पुनर्निर्माण गर’ भन्दै ताप्लेजुङ नगरपालिकामा निमित्त कार्यकारी अधिकृत बिमला थापालाई ज्ञापन पत्र बुझाएका थिए ।

Ropai-At-Fungling-3

ज्ञापन पत्र बुझाउन जानेहरुले धान रोपाइँमा प्रयोग हुने कुटो, कोदालो र धानको बिउ पनि सँगै लिएर गएका थिए । खेत जोत्न प्रयोग गरिने गोरुको काममा पक्की सडकलाई सम्याउन पिकअप गाडीको प्रयोग गरिएको थियो ।

गाडीको पछाडिपट्टकिो भागमा तीनवटा टायर बाधेंर हिलाम्मे सडक सम्याएपछि रोपाहारले बेठीको भाकामै ‘भत्किएको सडक चाहिँदैन, जनतालाई सास्ती दिन पाइँदैन, भन्दै नारा लगाएका थिए ।

रोपाइँ आयोजक समितिका संयोजक भण्डारीले भने-‘पक्की सडक धान रोप्ने हिलो भन्दा गएगुज्रेको हुदा सम्म यसको स्त्तरोन्ततीका लागि कसैबाट पहल नभएपछि धान रोप्नु शिवाय अरु उपाय देखेनौं ।’

Ropai-At-Fungling

तीनबर्ष अघि पक्की भएको सडक त्यसको बर्षदिन पछिदेखि नै उक्किन थालेको हो । तोक्मे शान्तिटोलको उपल्लो भागमा चैत ९ गते लागेको आगोका कारण क्षतिग्रस्त भएको सडकमा नेपाल टेलिकमले अप्टिकल फाइवर बिछ्याउन फेरि सडक खनेर पुर्ननिमार्ण गरेको छैन ।

बजार भित्रकै पक्की सडकमा चप्पल जुत्ता खोलेर हिड्नुपर्ने अवस्था आएपछि आन्दोलन गर्नुपरेको आन्दोलन अगुवाई समितिका सदस्य गायत्री निरौलाले जानकारी दिए ।

Ropai-At-Fungling-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment