Comments Add Comment

कोरियामा एक साता भित्र २१ नेपाली पक्राउ

South_Koreaमीनप्रकाश उप्रेती

सउल । कोरियामा एक साता भित्र २१ जना नेपाली पक्राउ परेका छन् । अबैधानिक रुपमा काम गर्दै आएका नेपाली मजदुरहरु बिभिन्न स्थानबाट समातिएका हुन् । अध्यागमन विभागका कर्मचारी र स्थानीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेहरुमा दाङजिन क्षेत्रको प्लास्टिक कम्पनीमा कार्यरत १० नेपाली रहेका छन् । पक्राउ पर्नेमा दुई नेपाली महिलासमेत रहेका छन् । नेपालीहरुसँगै पक्राउ पर्नेमा ६ जना अन्य देशका नागरिकसमेत रहेका छन् ।

उनीहरु बिहीवार बिहान बासस्थानबाटै समातिएको स्थानीय कुबेर कार्कीले बताए । यसैगरि आनसान हाङजी अपार्ट नजिकै रहेको एक मोटर पार्ट बनाउने कम्पनीबाट चार जना अबैधानिक नेपाली पनि पक्राउ परेका छन् । स्थानीय प्रहरीले पक्राउ गरी उनीहरुलाई अध्यागमन बिभागमा बुझाएको छ ।

पक्राउ पर्नेहरु अधिकांश रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणाली मार्फत आएर भिसा अबधि सकिएका रहेका छन् भने केही पर्यटक भिसामा कोरिया आएर अबैधानिक भएका छन् ।

उता थेगु सहर नजिको डाईकस्टिङ कम्पनीमा कार्यरत ७ जना नेपाली कामदार पनि पक्राउ परेका छन् । उनीहरुलाई अध्यागमन बिभागको कर्मचारीले कम्पनी र बासस्थानमा छापामारी सोमबार पक्राउ गरेको हो । तीमध्ये तीन महिला र चार पुरुष नेपाली कामदार रहेका छन् । अबैधानिक बिदेशीहरुलाई सुराकीको आधारमा पक्राउ गर्ने काम कोरियामा पछिल्लो समयमा तीब्र बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment