Comments Add Comment

नेपालले अफगानिस्तानलाई हरायो, भारतसँग सेमिफाइनलमै खेल्ने

Nepal-U-16-Football

२९ साउन, काठमाडौं । साफ यू-१६ च्याम्पियनसिप फुटबलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल समूह बीको विजेता बनेको छ ।

शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १-० ले पराजित गरेको छ । बंगलादेशको सिलेटमा भएको खेलमा नेपालका लागि ४७ औं मिनेटमा क्षितिज राजले निर्णायक गोल गरे ।

हारका बावजुत अफगानिस्तान उपविजेताका रुपमा अन्तिम चारमा पुगेको छ ।

नेपालले सेमिफाइनलमा भारत प्रतिद्वन्द्वी पाएको छ । भारत समूह एको उपविजेता हो । अघिल्लो संस्करणको फाइनलमा नेपाल भारतसँगै पराजित भएको थियो ।

अर्को सेमिफाइनलमा समूह विजेता बंगलादेशले अफगानिस्तानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment