Comments Add Comment

जापानमा ८ बर्षका निर्देशकको फिल्म, जापानीहरुले राखे उनको निर्देशनप्रति चासो

saugat-in-japan

जापानको राजधानी टोकियोमा चलचित्र ‘लभ यू बाबा’ प्रदर्शन गरिएको छ । विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेको यो चलचित्र हेरेपछि दर्शकहरुले उनको निर्देशकिय पाटोको बिषयमा चासो राखेका थिए । शनिबारबाट सुरु भएको सिनोओकुवो फिल्म फेस्टिबलमा छनौटमा परेको यो चलचित्र आइतबार देखाइएको हो ।

चलचित्र हेर्न उपस्थित भएका जापानीहरुले निर्देशक सौगात बिष्टको बिषयमा चासो राखेका थिए । निर्देशक बिष्टले स्पष्टसँग कुरा गर्दै अब आफूले एक्सन प्रधान चलचित्र निर्देशन गर्ने बताए । यस्तै, छोरासँगै फेस्टिबलमा सहभागी भएकी संझना पोख्रेलले सानैबाट सौगातले सानो सानो कुरामा पनि जिज्ञासा राख्ने गरेको बताउँदै चलचित्र क्षेत्रको अनुभवले निर्देशन गर्न सकेको बताइन् । ८ बर्षका निर्देशकले पनि यस्तो राम्रो चलचित्र निर्देशन गर्न सक्छ भन्दै उपस्थित दर्शकहरु अचम्ममा परेका थिए ।

एक सातासम्म चल्ने महोत्सवमा नेपालीसँगै कोरियन, चाइनिज, थाई, बेल्जियम, सिंगापुरका चलचित्र प्रदर्शन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment