Comments Add Comment

सम्पादक बुढाथोकीको घरमा प्रहरीको छापा

३२ साउन, काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष तथा साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीका घरमा प्रहरीले खानतलासी गरेको छ ।

Gopal-Budhathokiबुढाथोकीलाई पक्राउ गर्न गएका प्रहरीले उनलाई घरमा नभेटेपछि सबै कोठाचोटा खानतलासी गरेर फर्किएको बुढाथोकी पत्नी रामकलाले जानकारी दिइन् ।

प्रहरीले बुढाथोकीलाई पक्राउ गर्न खोज्नुको कारण औपचारिकरुपमा बताउन चाहेको छैन । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता विश्वराज पोखरेलले यसबारेमा आफूले प्रतिक्रिया दिने बेला भइनसकेको बताए ।

पोखरेलले भने- उहाँलाई बोलाएर अनुसन्धान गरेपछि मात्रै यसबारेमा बोल्न सकिन्छ । महानगराजगन्ज प्रहरी वृत्तमा प्रहरी निरीक्षक कृष्ष्ण चन्दले भने परिसरबाट आएका प्रहरी टोलीलाई सघाउन सईको नेतृत्वमा प्रहरी खटाएको बताए ।

इन्स्पेक्टर चन्दले भने- ‘उहाँको घर हाम्रो कार्यक्षेत्रभित्र पर्ने मण्डिखाटारमा रहेछ, त्यसैले टेकुबाट आएको टोलीलाई घर देखाउन पठाइएको हो, उहाँलाई लागेको अभियोगबारे थाहा छैन ।’

महानगरीय प्रहरी परिसर स्रोतका अनुसार रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरेले खटाएका वकिलको उजुरीका आधारमा प्रहरीले बुढाथोकीलाई साइबर क्राइमको अभियोगमा पक्राउ गर्न खोजेको हो ।

साँघु साप्ताहिकमा घिमिरेका बारेमा प्रकाशित समाचारलाई लिएर बूढाथोकीविरुद्ध उजुरी दर्ता भएको बताइएको छ ।

यो सैहृय छैन : डा. विष्ट

यसैबीच नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले पत्रिकामा समाचार छापिएको सन्दर्भमा प्रहरीले पत्रकारलाई पक्राउ गर्न नपाउने बताए ।

अध्यक्ष विष्टले भने- पत्रिकामा छापिएको समाचारको छानविन गर्ने र उजुरी सुनुवाइ गर्ने निकाय प्रेस काउन्सिल हो, त्यसपछि अदालत छ, प्रहरीले पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने वा हतोत्साहित गर्ने कुरा सैहृय हुन्न ।

साँघु साप्ताहिकका सम्पादक बुढाथोकीले साँघुको कुनै अलनाइन संस्करण नभएको र आफ्नो पत्रिकामा छापिएका समाचार अरु कुनै कसैले साभार गरेमा त्यसको जिम्मा आफूले लिन नसक्ने बताए ।

प्रेस काउन्सिलको आपत्ति

Press-Relese-of-Press-counc

यसैबीच नेपाल प्रेस काउन्सिलले सम्पादक बुढाथोकीको घर घानतलासी प्रहरीको अधिकार क्षेत्र बाहिरको हर्कत भनेको छ ।

काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले सोमवार साँझ विज्ञप्ति जारी गरी समाचार लेखेकै विषयलाई लिएर सम्पादकको घरमा जबर्जस्ती खानतलासी गरिएकोमा काउन्सिलको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

कार्कीले कुनै पनि सन्चार माध्यमले समाचार सामाग्री प्रकाशन प्रसारण गर्दा पत्रकार आचारसंहिता उल्लंघन गरेमा प्रेस काउन्सिलमा उजुरी लाग्ने र कारवाही हुने कानुनी व्यवस्था रहेको स्मरण गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अधिकार क्षेत्र मिचेर प्रहरी प्रशासनले सम्पादक बुढाथोकीलाई पक्राउ गर्ने र कारवाही गर्ने घटनाप्रति प्रेस काउन्सिल नेपाल भ्रर्त्सना गर्दछ । यस्ता कार्य नगर्न नगराउन सरकार तथा सम्वन्धित प्रहरी प्रशासनको ध्यानाकर्षण गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment