Comments Add Comment

पहिरोले हेलम्बु राजमार्ग अवरुद्ध

४ भदौ,  मेलम्ची । सिन्धुपाल्चोकका विभिन्न ठाउँमा गएको पहिरोका कारण मेलम्ची– काठमाडौँ–हेलम्बु राजमार्ग गत तीन दिनदेखिको अविरल वर्षाका कारण अवरुद्ध भएको छ ।

साँखु, जहरसिंह पौवा, भेटेचौर, छापभञ्ज्याङ, मेलम्ची सडक र हेलम्बु राजमार्गअन्तर्गत काभ्रे जिल्लाको गैरी बिसाउना देउपुर गाविसको कोदावरी भिरमा करिब २० मिटरको पहिरो गएका कारण सडक अवरुद्ध भएका हुन् ।

सडक अवरुद्ध भएपछि दैनिक सयौँ यात्रु काठमाडौँ जानका लागि बीच बीचमा पैदल हिँड्नुपर्ने तथा पहिरोले आफैँलाई थिच्न सक्ने डर बोकेर हिँड्नुपर्ने बाध्यता रहेको यात्रु जनक अधिकारी बताउँछन् ।

पहिरोका कारण मेलम्ची बजारमा रहेका १० घर पहिरोको उच्च जोखिममा रहेको जानकारी नगर विकास समितिका अध्यक्ष प्रकाश श्रेष्ठले दिए । बाटो हेरेर जान सक्ने नसक्ने अवस्था बुझी मेलम्चीबाट सवारीसाधन ओहोरदोहोर गर्नका लागि इलाका प्रहरी कार्यालयले जानकारी दिने गरेको प्रहरी निरीक्षक चन्द्र थापाले बताए ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment