Comments Add Comment

एउटै उमेरका यी कलाकार, कोही सधै चर्चामा-कोही खोज्दा पनि भेटिन्नन्

मुम्बई । बलिउड फिल्म उद्योगमा यस्ता केही ब्यक्ति छन् । जो एकै उमेर समूहका छन्, एउटै प्रकृतिका काम गर्छन् । तर, ती मध्ये कोही अत्याधिक चर्चामा छन् त कोहीको नामोनिशानै छैन् । यति सम्मकी कसै कसैलाई त मज्जैले खोज्नुपर्ने अवस्था छ ।
आज केही कलाकार यस्ता पनि छन् । जसको उमेर जति बढ्दै जान्छ, उसको बजारमा माग र प्रभाव पनि उत्तिकै बढ्दो छ । तिनकै समकक्षी केही यस्ता छन्, जसलाई दर्शकले लगभग बिर्सिसके ।

दीपिका पादुकोण-आयशा टाकिया
aayasha-dipikaअभिनेत्रीद्वय दीपिका पादुकोण र आयशा टाकियाको जन्म सन १९८६ मा भएको थियो । आयशा केही चलचित्रमा काम गरे लगत्तै घरवार सम्हाल्न लागीन् भने दीपिका अहिले बलिउडकै उर्जावान नायिका भनेर चिनिन्छिन् ।

अक्षय कुमार-ववी देवलः

Bobby-Akshay kumarअक्षय कुमार र बबी देवलको जन्म सन १९६७ मा भएको थियो । यी दुबै एक्सन स्टार मानिन्छन् । एकसमय दुबैको चर्चा राम्रै थियो । अहिले अक्षय विश्वका चर्चित हुने खाने नायकको सूचीमा परिसके भने बबीलाई बलिउडकै दर्शकले बिर्सने खतरा बढेको छ ।

काजोल-ट्वीङकल खन्नाः
kajol twinkalकाजोल र ट्वीङकलको जन्म १९७४ मा भएको थियो । यिनको पनि स्थिती अक्षय र बबीको जस्तै छ । काजोललाई अहिले पनि निर्माताहरु अभिनय गराउन भन्दै समय कुर्छन् । तर, ट्वीकललाई यी पनि पुरानी नायिका हुन् है भनेर चिनाउनु पर्ने अवस्था छ ।

शाहरुख खान-आदित्य पञ्चोलीः
srk-adityaयी दुबैको जन्म सन १९६५ मा भएको थियो । समकक्षी कलाकार पनि हुन् यी । अचम्मको कुरा अहिले बलिउडलाई शाहरुख नभई हुन्न तर, आदित्य नभएपनि फरक पर्दैन ।
शाहरुखले कुनै नयाँ फिल्म खेल्ने भए भन्ने वित्तिकै दर्शकले जानकारी पाउँछन् । आदित्यले अभिनय गरेको कुनै फिल्म रिलिज भईसक्दा समेत दर्शकलाई याद हुँदैन ।

ऋतिक रोशन-फरदीन खान ः

सन् १९७४ जन्मेका यी कलाकारले पनि अभिनय सुरु गर्दा तहल्कै मच्चाउने सपना देखेका थिए ।

hrithik-fardeen प्यार तुने क्या किया, फिदा, नो इन्टि्र लगायतका फिल्म खेलेका फरदिन लगभग गायब भए । तर, ऋतिकको चर्चा अहिले पनि उत्तिकै छ । झण्डै झण्डै तीन खानपछि उनकै नाम आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment