Comments Add Comment

नेपाली समाज टेक्सासको चार वर्षपछि साधारण सभा

बिकाश राज न्यौपाने

अमेरिका । अमेरिकाको टेक्सासमा क्रियाशील नेपाली समाज टेक्सासको चार वर्षपछि साधारणसभा हुने भएको छ । समाजमा साधारणसभाको मांग समाजका सदस्यले बारम्बार उठाउँदा पनि चार वर्षदेखि साधारणसभा हुन सकेको थिए । साधारणसभा हरेक वर्ष गर्ने विधानमा उल्लेख छ ।

nepali-samaj-texasसमाजको साधारण सभा चार वर्षसम्म नगरिए संस्थाको अन्य गतिविधि भने सक्रिय ढंगले नै भइरहेका थिए ।

नेपाली समाज टेक्सासका पूर्ब अध्यक्ष गौरीराज जोशीको संयोजकत्वमा पूर्व अध्यक्षहरु बैकुण्ठबिक्रम थापा तथा रामचन्द्र पोखरेल सदस्य रहेको तीन सदस्यीय नेपाली समाज टेक्सासको बिधान संसोधन कमिटी गठन गरेको जानकारी समाजले गराएको थियो । त्यही बिधान लगायतका अन्य गतिविधिहरुमा छलफल हुने कुरा महासचिबद्वारा प्रेषित सार्बजनिक सूचनामा जनाइएको छ ।

नेपाली समाज टेक्सासले बिधान संसोधन कमिटीले प्रस्तावित बिधान, विभिन्न संघ र संस्थाहरुसहित भइ छलफल गरी, कार्यकारणी समितिको बैठकले समेत तयार पारेको सम्पूर्ण सुझाबसहित बिधान संसोधन कमिटीमा पठाएर, प्राप्त संसोधनसहितको बिधानको प्रस्तावित कपि आˆनो संस्थागत वेबसाइटमा सार्बजनिक अध्ययनका लागि प्रकाशित गरेको छ ।

नयाँ विधानअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उपाध्यक्ष ३ बाट घटाएर १ जना कायम गरिएको छ । बिभिन्न क्षेत्रका संयोजकको (युवा र महिला तथा आइटी) को प्रत्यक्ष निर्वाचन गरिने, बोर्ड अफ काउन्सिल नरहने, कार्यकारिणी समिति २५ सदस्यीयबाट घटाएर १५ सदस्यीय कायम गर्ने उल्ल्ेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment