Comments Add Comment

कांग्रेस-एमालेका जनजाति सभासदले भने-बन्दविरुद्ध सरकारले षड्यन्त्र गर्‍यो

७ भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र एमालेका सभासदले आदिवासी जनजाति आन्दोलनको नेपाल बन्द असफल बनाउन सरकारले षडयन्त्र गरेको आरोप लगाएका छ ।

Samsad-400व्यवस्थापिका संसद बैठकमा बोल्दै सत्तारुढ सभासदहरुले बन्दका क्रममा ५ जना भन्दा बढिलाई एक ठाउँमा उभिन समेत नदिएर उपत्यकामा बन्द असफल पारिएको आरोप लगाए ।

संसद बैठकमा एमाले सभासद टिकाराम चेम्जोङले बन्द असफल पार्न सरकारले ५ जना भन्दाब ढि उभिन नदिने रणनीति बनाएर दमन गरेको आरोप लगाए । चेम्जोङले भने-जनतालाई शान्तिपूर्ण रुपमा आफ्ना कुरा राख्न दिइएको छैन । शीर्ष नेताहरुले आदिवासी जनजातिको माग बुझ्नै सकेनन् । हामीले मागेको जनजाति आयोग पनि दिएनन् ।

एमालेकै अर्का सभासद पाँचकर्ण राईले आदिवासी जनजातिको आवाज सुन्नुको साटो दमन गरिएको आरोप लगाए । अर्की एमाले सभासद पेम्बा लामाले चार जनालाई समेत उभिन नदिएर सरकारले पन्चायतकाल सम्झाएको बताइन् ।

कांग्रेस सभासद दिलमान पाख्रिन र बिन्दादेवी आलेले पनि बन्दका क्रममा ५ जना भन्दा बढिलाई उभिन समेत नदिएर राजधानीमा सरकारले दमन गरेको आरोप लगाए ।

सत्तारुढ राप्रपाका परशुराम तामाङले आदिवासी जनजातिको बन्द असफल बनाउन सरकारले षडयन्त्र गरेको आरोप लगाए । आदिवासी जनजाति महासंघले आह्वान गरेको दुई दिने बन्द स्वस्फूर्त रुपमा अवज्ञा भएको र सरकारले कडाई गरेका कारण सभासदहरु आक्रोशित भएका हुन् ।

महासंघको अध्यक्ष नागेन्द्रकुमार कुमाल कांग्रेसका सभासद हुन् भने महासचिव पेम्बा गुरुङ भोटे एमालेका सभासद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment