Comments Add Comment

भूकम्पले भत्किएको विद्यालय बनाउन तीन लाख सहयोग

school

१४ भदौ, धादिङ । भूकम्पका कारण क्षति पुगेको धादिङको सल्यानटार गाविस पाँचमा रहेको चक्रदेवी निम्न माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि फ्रान्सको एक समाजिक संस्थाले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

फ्रान्सको ‘ले जामी द चिल्ड्रन होम’ नामक संस्थाले विद्यालयको पुनर्निर्माणका लागि तीन लाख रुपैयाँ प्रदान गरेको छ । उक्त रकम विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थीहरुको रोहवरमा समाजसेवी राजन बुर्लाकोटीमार्फत विद्यालयका प्रधानाध्यापक बासुदेव कंडेललाई प्रदान गरिएको थियो ।

विद्यालय भवन बनाउन त्रिपक्षीय सम्झौता

यसैबीच भूकम्पले क्षति पुर्‍याएको सल्यान्टर गाविस वडा नम्बर सातको सल्यानटार उच्चमाविको भवन निर्माण गर्न त्रिपक्षीय सम्झौता भएको छ । बिद्यालयको क्षतीग्रस्त भवन पुन निर्माणका लागि फ्रान्सस्थित मोन्टाज ए पाख्ताज नामक संस्थाका अध्यक्ष जेरार्ड क्लेरमिडी, नेपाल स्थित हिमालसँग हातेमालो नामक संस्थाका अध्यक्ष पेम्बा शेर्पा र सल्यानटार उच्च माध्यामिक विद्यालयका शिक्षक प्रतिनिधी रबिन्द्र बुर्लाकोटीबीच गत भदौ ९ गते त्रिपक्षीय सम्झौता भएको छ ।

सम्झौतामा एक महिना भित्र नै बिद्यालयले उपलब्ध गराएको जग्गामा १२ कम्पूटर सहितको कम्पूटर कक्षा, सुबिधा सम्पन्न पुस्ताकलय सहित ७ कोठे बिद्यालय भवन निर्माणको कार्य सुरु गरिने हिमालसँग हातेमालोका अध्यक्ष पेम्बा शेर्पाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment