Comments Add Comment

रेशम चौधरीले भने- थारु समुदायलाई बद्नाम गराउने काम भयो

१५ भदौ, काठमाडौं । थरुहट थारुवान संयुक्त संघर्ष समितिका नेता रेशम चौधरीले टीकापुर घटनामा घुसपैठ गरी थारु समुदायलाई बद्नाम गराउने काम भएको बताएका छन् ।

Reasham-Chaudharyसदभावना पार्टीका नेता एवं संघर्ष समितिका चौधरी टीकापुर रहेको कैलाली क्षेत्र नम्बर १ का संयोजक हुन् । टीकापुरमा भएको आमसभामा उनले नै राजेन्द्र महतो, उपेन्द्र यादव र अमरेशकुमार सिंहलाई बोलाएका थिए ।

टीकापुर काण्डमा एसएसपीसहित आठ सुरक्षाकर्मी र डेढ वर्षे बालकको हत्या भएपछि चौधरी मौन थिए ।

घटनाको नौ दिनपछि विज्ञप्ति निकालेेर चौधरीले घटनाका योजनाकार भन्दै आएको समाचारको खण्डन गरेका छन् ।

टीकापुर घटनाको अघिल्लो दिन शान्तिपूर्ण आन्दोलन गर्ने र समाजिक सदभाव कायम राख्ने सहमति भएको र त्यसमा आफ्नो पनि मन्जुरी रहेको भन्दै उनले भने-‘अहिले पनि कैलालीमा शान्ति कायम गर्नुपर्छ र थारु र अरु समुदायबीच सौहार्दपूर्ण एकता हुनुपर्छ भन्ने मेरो प्रष्ट विचार छ ।’ साथै उनले थारु समुदायले उठाएको उचित मागलाई सम्बोधन गर्नु पर्ने बताएका छन् ।

थारु नेता चौधरीले सुरक्षाकर्मी र बालकको हत्या निन्दनीय भएको भन्दै छानविन गरी सत्य पत्ता लगाउने, पीडितलाई क्षतिपूर्ति दिन र थारु लगायतका सबै समुदायलाई सुरक्षाको अनुभुति दिलाउन सरकारसँग माग गरेका छन् ।

उनले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न समेत सबैलाई अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment