Comments Add Comment

सहमतिमै संशोधन प्रस्ताव दर्ता गर्न चार दल सहमत

Four-Party

१९ भदौ, काठमाडौं । संविधानको परिमार्जित विधेयक संशोधनका लागि प्रस्तुत गरिने प्रस्ताव सहमतिका आधारमा दर्ता गर्न प्रमुख चार दल सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेता सम्मिलित बैठकमा दलहरुबीचको सहमतिबाटै संशोधन प्रस्ताव दर्ता गर्ने सहमति बनेको हो ।

बैठकपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधानको परिमार्जित विधेयकमा संशोधन गर्न दलहरुबीचको सहमतिकै आधारमा प्रस्ताव लगिने बताए । दलहरुमार्फत संविधानसभामा लगिने संशोधन प्रस्तावबारे छलफल जारी रहेको भन्दै उनले यो विषयलाई आजै पुनः बस्ने चार दलको अर्को बैठकले टुङ्गो लगाउने विश्वास व्यक्त गरे ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधनका सम्पूर्ण विषय सहमतिकै आधारमा प्याकेजमा लाने गरी छलफल भइरहेको बताए । उनले भने, मधेस, थारु समुदायलगायतको जारी आन्दोलन समेतलाई सम्बोधन गर्दै अन्तिम बिन्दुसम्म सहमतिका आधारमा नै अघि बढ्छौँ ।’

नेपाली काँग्रेसका नेता रमेश लेखकले शीर्ष नेतृत्वबीच सहमतिका आधारमा संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्बन्धमा सकारात्मक रुपमा छलफल अघि बढिरहेको जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment