Comments Add Comment

गलैँचा व्यापारबाट मनग्य कमाउँदै ओलाङ्चुङगोलावासी

२६ भदौ, ताप्लेजुङ । धेरैजसो तिब्बततर्फ निर्यात हुँदै आएको गलैँचाको मूल्य र माग बढेसँगै ताप्लेजुङको ओलाङ्चुङगोलावासीले मनग्य आम्दानी लिन थालेका छन् ।

galachiyaकेही वर्षअघि सम्म घाटा व्यहोर्दै आएका गलैँचा व्यवसायीले पछिल्लो समयमा मूल्य र माग बढेपछि गलैँचा व्यवसायबाट मनग्य फाइदा लिन थालेका हुन् ।

ताप्लेजुङको सदरमुकामदेखि २२ कोष उत्तरमा अवस्थित ओलाङ्चुङगोलाका स्थानीयवासीले बनेको गलैँचा धेरैजसो तिब्बत निर्यात हुने गरेको स्थानीयवासी छेतेन डण्डु शेर्पाले बताएका छन् ।

पछिल्लो ६ महिनाको अवधिमा करिब चार सय ५० भन्दा बढी गलैँचा तिब्बत निर्यात भएको व्यवसायीको भनाइ छ । यहाँका स्थानीयवासीको प्रमुख काम पशुपालन व्यवसाय, जडीबुटी सङ्कलन र गलैँचा व्यापार नै हो । यहाँका धेरैजसो महिलाले घरको कामसँगै गलैँचा बुन्ने गर्छन् भने पुरुषले चौँरी पाल्ने, छुर्पी बनाउने, जडीबुटी सङ्कलन र व्यापार गर्ने गर्छन् ।

समुन्द्र सतहदेखि तीन हजार मिटरभन्दा माथिको भू–भागमा अवस्थित ओलाङ्चुङगोलामा छिट्फुट रुपमा आलु खेतीबाहेक अन्य खेतीपाती नहुने हुँदा वर्षौंदेखि स्थानीयवासीले गलैँचा व्यवसायलाई नै जीवन निर्वाहको प्रमुख आधार बनाउँदै आएका छन् ।

केही वर्षअघि सम्म आवश्यक पर्ने कच्चापदार्थ तिब्बतबाटै खरिद गर्ने गरे पनि हिजोआज गलैँचाका लागि आवश्यक कच्चापदार्थ तिब्बतबाट नै ल्याउँदै आएकामा हिजोआज काठमाडौँबाट खरिद गरेर लाने गरेका छन् ।

गलैँचा बन्ने धागो तिब्बतमा पाइनेभन्दा नेपालकै गुणस्तरीय हुने भएकाले काठमाडाँैबाट खरिद गर्ने गरिएको व्यवसायीले बताएका छन् । ओलाङ्चुङगोलावासीका यी गलैँचा व्यवसायीलाई कहिलेकाहीँ चिनियाँ बजारमा हुने उतारचढाब र उत्तरी ओलाङ्चुङगोला नाका नियमितरुपमा सञ्चालन नहुँदा बजारीकरणमा समस्या आउने गरेको छ । ओलाङ्चुङगोला ताप्लेजुङ सदरमुकामबाट तीन दिनको पैदल दूरीमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment