Comments Add Comment

अन्तिम वन डेमा ८ विकेटको जितसँगै अष्ट्रेलियाले जित्यो सिरिज

Australia

२७ भदौ, काठमाडौं । इंग्ल्याण्डविरुद्धको पाँचौं तथा अन्तिम एकदिवसीय क्रिकेट अष्ट्रेलियाले ८ विकेटले जितेको छ । यससँगै उसले पाँच म्याचको सिरिज ३-२ ले जितेको छ ।

वल्र्ड ट्रार्फडमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड ३३ ओभरमा १३८ रन बनाउँदा अलआउट भयो । निकै खराब सुरुवात गरेको उसका इयान मार्गान सातौं ओभरमा रिटार्यड हट भए ।

वेन स्टोकले ४२ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । अष्ट्रेलियाका मिचेल मार्सले ४ तथा जोन हेस्टिंग्सले ३ विकेट लिए ।

जवाफमा अष्ट्रेलियाले २४.२ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि एरोन फिन्चले अविजित ७० रन बनाए भने जर्ज बेली ४१ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment