Comments Add Comment

एनआरएनको पुनर्निर्माण कोषमा अमेरिकाबासी नेपालीको झन्डै सवा करोड

nrn donetion usaन्यूयोर्क । एनआरएनको पुनर्निर्माण कोषमा अमेरिकाबासी नेपालीको मात्रै झन्डै सवा करोड रूपैयाँ सहयोग जम्मा भएको छ।

अमेरिकामा रहेका मुस्ताङी नेपालीहरुको संस्था मुस्ताङ किदुग अमेरिका र अमेरिकामा बस्दै आएको ताप्लेजुङको ओलाङचुङगोलाका नेपालीहरुको संस्था वालुङ कम्युनिटीका तर्फबाट भूकम्पपछिको पुननिर्माणका लागि संकलित एक लाख १५ हजार डलर एनआरएनको पुननिर्माण कोषमा हस्तान्तरण गरिएको हो ।

मुस्ताङ किदुगले एक लाख डलर र वालुङ कम्युनिटीले १५ हजार डलर एनआरएनको पुनःनिर्माण कोषलार्इ हस्तान्तरण गरेको हो ।

पुनःनिर्माणका लागि संकलित रकम एनआरएनको कोषमा हस्तान्तरणका लागि ज्याक्सनहाइटमा रहेको हिमालयन याक रेष्टुरेष्टमा मुस्ताङ किदुग अमेरिका र वालुङ कम्युनिटीका तर्फबाट संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको थियो ।

वालुङ कम्युनिटीका अध्यक्ष दावा छिरिङ र मुस्ताङ किदुग अमेरिकाका अध्यक्ष सोनाम लामाको उपस्थितिमा आयोजित कार्यक्रममा एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि डीआरसी समेत रहेका लामाले एनआरएन अध्यक्ष शेष घलेलाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मुस्ताङ किदुग अमेरिका र वालुङ कम्युनिटीका तर्फबाट पुनःनिर्माणका लागि रकम संकलन अभियानमा सकृय व्यक्तित्व र बोर्डका सदस्यहरुलाई एनआरएन अध्यक्ष घलेले खादा ओढाएर सम्मान गरेका थिए । मुस्ताङ किदुग अमेरिका र वालुङ कम्युनिटीका तर्फबाट पनि अध्यक्ष घलेलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

सानो संख्यामा रहेको मुस्ताङ किदुग अमेरिका र वालुङ कम्युनिटीका तर्फबाट एकलाख १५ हजार डलर संकलन गरेर भूकम्पपछिको नेपालको पुनःनिर्माणका लागि हस्तान्तरण गरिएकोमा एनआरएन अध्यक्ष शेष घलेले खुशी व्यक्त गरे । उनले भने–‘एनआरएनको पुननिर्माण अभियानमा सहयोग पुग्ने गरी एनआरएनको कोषमा रकम हस्तान्तरण गर्नु एनआरएन संस्थाप्रतिको विश्वास हो । संस्थाको नेतृत्वप्रतिको विश्वास हो । हामीले तपाईको विश्वासलाई कायम राख्दै पुननिर्माणको काममा यसको सदुपयोग गर्नेछौं ।’

एनआरएनको यसपटकको विश्व सम्मेलनको नारा ‘एनआरएनएनए पुनःनिर्माणको सच्चा साझेदार’को सार्थकताबारे बोल्दै उनले विदेशमा रहेको नेपाली समुदाय र एनआरएनको संस्था नेपालको पुननिर्माणका लागि नेपाल सरकारको सच्चा साझेदार बन्नुपर्ने र विभिन्न नेपाली संस्थाले एनआरएन सस्थाप्रति विश्वास गरेर करोडौं रकम दिएकोमा थप हौसला मिलेको बताए ।

महाभूकम्पबाट मुस्ताङमा पनि ठूलो क्षति पुगेको र त्यसतर्फ कसैको ध्यान नपुगेको भन्दै मुस्ताङ किदुगका तर्फबाट एनआरएनको पुनर्निर्माण कोषमा प्रदान गरिएको रकमको २० प्रतिशत रकम मुस्ताङमा खर्च गर्न किदुगका तर्फबाट एनआरएन अध्यक्ष घलेलाई आग्रह गरिएको थियो ।

कार्यक्रममा फिप्नाका अध्यक्ष लुइसाङ बाइबा, सिन्धु वेलफेयर सोसाइटीका अध्यक्ष बंशलाल तामाङ,एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जीसी, वर्तमान अध्यक्ष डाक्टर केशव पौडेल, एनआरएन आईसीसीका कोषाध्यक्ष बद्री केसी, एनआरएन आईसीसीका उपाध्यक्ष टीबी कार्की लगायतले मुस्ताङ किदुग अमेरिका र वालुङ कम्युनिटीको कार्यको प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment