Comments Add Comment

शीर्ष नेता र थारु नेताहरूबीच वार्ता, ओली नआएपछि लेखी उठेर हिँडे

Kp-oli-And-Raj-kumar

३१ भदौ, काठमाडौं । प्रमुख चार दल र आन्दोलनरत थरुहट संयुक्त संघर्ष समितिबीच वार्ता भएको छ । तर, एमाले अध्यक्ष केपी ओली भने सहभागी भएनन् ।

बालुवाटारमा भएको वार्तामा थारु नेताहरुले आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न र धरपकड रोक्न माग गरेका छन् ।

साथै उनीहरुले सेना फिर्ता सहितका सातबुँदे माग पुरा गर्न आग्रह गरेका छन् । ‘शीर्ष नेताहरुले धरपकड रोक्छौं भन्नु भएको छ’ थारु नेता सन्तोष थारुले अनलाइनखबरसँग भने ।

शीर्ष तीन नेता नै बस्ने भनिएपनि बैठकमा एमाले अध्यक्ष केपी ओली र एमाओवादी नेता बाबुराम भट्टराई भने अनुपस्थित भएका छन् ।

ओली नआएको भन्दै थारु नेता राजकुमार लेखी भने बैठक छाडेर निस्किएका छन् । ‘आधा घण्टासम्म कुरेँ तर, केपी ओली र बाबुराम भट्टराई आउनु भएन’ लेखीले भने-‘केपी ओली बिनाको बैठकको कुनै अर्थ छैन भनेर म उठेर हिँडे ।’

आफूहरु निकासका लागि वार्तामा बस्न तयार भएको र शीर्ष नेताहरुमा गम्भीरता नदेखिएको उनले बताए ।

बैठकमा एमालेका तर्फबाट माधवकुमार नेपाल सहभागी थिए भने कांग्रेसबाट प्रधानमन्त्री सुशील कोइरालाका साथै वरिष्ठ नेता शेरबहादुर देउवा सहभागी थिए । एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार पनि वार्तामा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment