+
+
Shares

विराटनगरमा मुख्यमन्त्रीको होली विशेष कार्यक्रम

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७५ चैत ६ गते १७:४२

६ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले होलीको अवसरमा बुधवार शुभकामना अदानप्रदान कार्यक्रम गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा रंग अबीर दलेर फागुपूर्णिमा पर्बको शुभकामना आदान प्रदान गरिएको थियो ।

कार्यक्रममा मन्त्री, सांसद, उद्योगी, व्यापारी, कर्मचारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता कार्यकर्ता एवं शुभचिन्तक र पेशाकर्मीको उल्लेख्य सहभागिता रहेको थियो।

‘होली सबै जातजाति एवं धर्मसंस्कृति र समुदायलाई एकै ठाउँमा बाँध्ने कसीका रुपमा लिनु पर्छ,’ राईले भने, ‘यसले सबैमा मेलमिलापको भावना विकास गराउँछ ।’

मुख्यमन्त्री राईले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङलाई अविर लगाएर शुभकामना दिएपछि शुभकामना कार्यक्रम सुरु भएको थियो । प्रदेश प्रमुख तुम्बाहाङले पनि मुख्यमन्त्री राईलाई अविर लगाएर पर्बको शुभकामना दिएका थिए ।

मंगलबार प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले कोसी प्रोजेक्टस्थित निवासमा होलीको शुभकामना अदानप्रदान कार्यक्रमको आयोजना गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?