+
+
Shares

काभ्रेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते ८:४९

२८ भदौ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा६५प ४८१३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सडक पार गर्दै गरेका बनेपा-७ का ७२ वर्षीय ज्ञानलाल मानन्धरको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट सख्त घाइते भएका मानन्धरको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक महाभारत-६ घर भई हाल बनेपा-४ नालामा डेरा गरी बस्ने २७ वर्षीय रबिन घिसिङ पनि घाइते भएका छन् ।

मोटरसाइकल चालक घिसिङको पनि टाउकोमा चोट लागेको छ तर उनी बोल्न सक्ने अवस्थामै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?