Comments Add Comment

कुल व्यापारको ६४ प्रतिशत भारतसँग

India Nepal_trade

५ असोज, काठमाडौं । नेपालको कुल वैदेशिक व्यापारमध्ये दुई तिहाई व्यापार भारतसँग हुने गरेको छ । गएको आर्थिक वर्षमा कुल व्यापारको ६३.६६ प्रतिशत व्यापार भारतसँग भएको छ ।

ठूलो व्यापार हुने मुलुक भारतले सोमबार विज्ञप्ती जारी गरेर नाकाबन्दीसम्म गर्न सक्ने घुमाउरो चेतावनी दिएको छ । मंगलबार पेट्रोलका ट्यांकर रोकेर अघोषित रुपमा नाकाबन्दी सुरु गरेको छ ।

आर्थिक वर्ष २०७१/०७२ मा ८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको कुल व्यापार भयो । जसमध्ये भारतसँगको व्यापार ५ खर्ब ४७ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा ५५ अर्ब ८६ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको छ भने ४ खर्ब ९१ अर्ब ६५ करोड रुपैयाँ बराबरको बस्तुहरु आयात भएको छ ।

नेपालले गएको वर्ष भारतसँग ४ खर्ब ३५ अर्ब ७९ करोड रुपैयाँ व्यापार घाटा बेहोर्नुपरेको छ । यो कुल व्यापार घाटाको ६३.२१ प्रतिशत हुन आउँछ । गत वर्ष ६ खर्ब ८९ अर्ब ३६ करोड रुपैयाँ कुल व्यापार घाटा भएको छ । नेपालमा नुन, चामलदेखि गाडीसम्म भारतबाटै आउने गर्छ ।

नेपालमा भारतबाट पेट्रोलियम पदार्थ, सवारी तथा पार्टपुर्जा, चामल, मेशिनरी पार्टस्, एमएस बिलेट, सिमेन्ट, औषधि लगायतका वस्तुहरु ठूलो परिमाणमा आयात हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment