Comments Add Comment

मधेस आन्दोलन भारतको लगानीमा भएको होइन : कर्ण

५ असोज, भक्तपुर । सद्भावना पार्टीका सहअध्यक्ष लक्षमणलाल कर्णले मधेस अन्दोलन भारतको लगानीमा नभएको दाबी गर्नुभएको छ ।

Laxmanlal-Karnaरफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा कर्णले अन्दोलनलाई भारतले सहयोग गरेको भन्नु गलत भएको बताए मधेसका नागरिकहरु मार्दै संविधान जारी गरेको र भन्दै उनले मधेसी जनताको भावना बुझ्न नसके त्यसको परिणम गम्भीर हुने बताए ।

भारतीय दूतावासमा नपुग्ने कुनै नेता नभएको भन्दै सद्भावनाका नेता कर्णले भने-मधेसका नेताहरुलाई लैनचौर जान सरकारले निषेध गरेको छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन उनका बिशेष दूत प्रदिप ज्ञवाली दिल्लीका गल्ली गल्ली धाइरहेको उनले बताए ।

ठूला दलाका नेताले भारतीय राजदूतदेखि नेतासम्मलाई चाकडी गर्दा केहि नहुने तर, मधेसी नेताहरुले समर्थन पाउँदा गलत ब्याख्या गर्ने परिपाटी गलत भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment