Comments Add Comment

विश्वकप छनोटका लागि यू-१९ टोलीको घोषणा, कुशल नयाँ अनुहार

प्रिमियर
प्रिमियर लिग खेलेर फर्किएको टोली 

७ असोज, काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोट क्रिकेटका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

एसीसी प्रिमियर लिग खेलेको टोलीका एक सदस्य मात्र परिर्वतन गरिएको छ । आशिष धामीको स्थानमा कुशल भुर्तेल आएका छन् । आशिष बैकल्पिक खेलाडीमा परेका छन् ।

राजु रिजालको कप्तानीमा रहेको नेपाली टोलीको उपकप्तानमा आरिफ शेख छन् । यस्तै दिपेन्द्र ऐरी, सौरभ खनाल, शंकर राना, सन्दिप सुनार, सुनिल धमला, योगेन्द्र कार्की, दिपेश श्रेष्ठ, सुशील कँडेल, प्रेम तामाङ्ग, राजवीर सिंह र ललितनारायण राजवंशी छन् ।

आशिषसँगै कमल ऐरी, हिमांशु दत्त र सन्दिप लामीछाने बैकल्पिक खेलाडीमा परेका छन् । यू-१९ विश्वकप छनोट अक्टोबर १३ देखि मलेसियामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment