Comments Add Comment

फ्लुमिनेन्स क्लबसँग रोनाल्डिन्होको सम्झौता दुई महिनामै तोडियो

Ronaldinho

१२ असोज, काठमाडौं । ब्राजिलियन फुटबलर रोनाल्डिन्होले फ्लुमिनेन्स क्लबसँगको सम्झौता दुई महिनामै तोडेका छन् ।

दुई पटक प्लेयर अफ दि इयर भइसकेकका रोनाल्डिन्होको आग्रहमा सम्झौता भंग गरिएको क्लवले जानकारी दिएको छ ।

रियो दि जेनेरियोको क्लब फ्लुमिनेन्समा ३५ वषिर्य मिडफिल्डरले आफ्नो छोटो यात्रा निराशाजनक रुपमा अन्त्य गरे । दुई महिनाको अवधिमा जम्माजम्मी नौ खेलमा भाग लिएका उनी एक गोल गर्न पनि सफल भएनन् ।

गोलका लागि अवसर बनाउन समेत चुकेका उनीप्रति क्लबका समर्थकहरु रुष्ट थिए ।’खराब र्फमका कारण फ्लुमिनेन्सले रोनाल्डिन्होसितको करार दुवै पक्षको सहमतिका आधारमा भंग गरेको छ,’ क्लबले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘क्लवको रोनाल्डिन्होसित भविष्यमा कुनै पनि योजनामा सहकार्य हुनसक्छ ।’

फुटबल मैदानभन्दा बाहिर रोनाल्डिन्होले पुर्‍याएको योगदानको भने फ्लुमिनेन्सले प्रशंसा गरेको छ । मेक्सिकन क्लब क्वारेटारोसँगको करार जूलाइमा सकिएपछि रोनाल्डिन्हो फ्लुमिनेस्समा आवद्ध भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment