Comments Add Comment

सञ्चारमन्त्री रिजालको राजीनामा माग्दै युवाहरुले जलाए पुत्ला

Sanchar-Mantri-ko-Putla

१३ असोज, काठमाडौं । काठमाडौंका युवाहरुले सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालको राजीनामा माग्दै पुत्ला जलाएका छन् । प्रदर्शनीमार्गको आरआर क्याम्पस अगाडिको सडकमा भेला भएका युवाहरुले मन्त्री रिजालको पुत्ला जलाएका हुन् ।

‘भारतले नेपालमा नाकाबन्दी गरेको छैन भनेर राष्ट्रघाति अभिव्यक्ति मात्रै दिएनन्, भारतको नांगो दलालीसमेत गरेकाले उनले राजीनामा दिनुपर्छ,’ पुत्ला जलाउने कार्यक्रममा सहभागी रञ्जित तामाङले भने ।

स्वतःस्फूर्त भेला भएका युवाहरुले पुत्ला जलाइसकेपछि प्रहरी आएर निभाएको थियो ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री रिजालले कतारको दोहामा आयोजित एक कार्यक्रममा भारतले नेपालमा नाकाबन्दी नगरेको अभिव्यक्ति दिएका थिए । भारतको हस्तक्षेपविरुद्ध भारतीय च्यानलहरु बन्द गरेका केबुल टिभि सञ्चालकहरुलाई पनि कारबाहीको चेतावनी दिँदै मन्त्री रिजालले २४ घण्टे स्पष्टिकरण सोधेका छन् ।

भारतको अघोषित नाकाबन्दीको कारण नेपालको जनजीबन कष्टकर भैरहेकाबेला मन्त्री रिजालले दिएको अभिव्यक्ति र कदमको ब्यापक आलोचना भैरहेको छ ।

नाकाबन्दीको विरोधमा वैद्य माओवादीको प्रदर्शन

यसैबीच नेकपा–माओवादीले भारतको अघोषित नाकाबन्दीको विरोधमा बुधबार राजधानीमा प्रदर्शन गरेको छ ।

शान्तिबाटिकाबाट नारा, जुलुससहित सुरु भएको प्रदर्शन बागबजार, प्रदर्शनीमार्ग, शहिदगेट, न्यूरोड, असन हुँदै भोटाहिटी चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै माओवादीका उपत्यका व्युरो इन्चार्ज एवम् पोलिटव्युरो सदस्य दिनेश शर्माले नेपालको आन्तरिक मामिला नेपाली राजनीतिक दलहरु नै समाधान गर्न सक्षम रहेको र  भन्दै त्यसमा भारतीय पक्षले दबाब दिनु अनुचित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment