Comments Add Comment

मलेसिया र नेपालबीच श्रम सम्झौता हुनुपर्नेमा जोड

NRNA-Interaction-of-Malaysi

रामचन्द्र नेपाल
क्वालालम्पुर । मलेसियामा भएको अन्तरक्रियामा सहभागि अधिकांशले मलेसिया र नेपालबीच श्रम सम्झौता हुनुपर्नेमा जोड दिएका छन् । १० बर्ष अघिदेखि नै मलेसिया र नेपालबीच श्रम सम्झौता हुने चर्चा भए पनि कार्यान्वयन नहुँदा नेपाली श्रमिकहरुले निकै दुःख पाउनु परेको कार्यक्रममा सहभागीहरुले बताए ।

उनीहरुले फ्री भिसा र फ्री टिकटको व्यवस्था पनि प्रभावकारीरुपमा कार्यान्वयनमा जोड दिएका छन् ।

गैरआवासीय नेपाली संघ मलेसियाले आफ्नो सातौं विश्व सम्मेलनमा प्रस्तुत गर्नका लागि आयोजना गरेको ‘मलेसियामा रहेका नेपालीहरुको समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नेहरुले उक्त विषयमा जोड दिएका हुन् ।

NRNA-Interaction-at-Malaysi

नेपालदेखि मलेसियासम्म आईपुग्दा र मलेसिया आईसकेपछि दुःख पाउने कारणहरु केलाउँदै सहभागिहरुले फ्री भिषा र फ्री टिकट पुर्णरुपमा कार्यान्यन हुनुपर्ने, नेपालमा सम्झौता भएअनुसारको कम्पनी र तलब हुनुपर्ने, जेलमा रहेका नेपालीहरु सहजरुपमा नेपाल फर्कने वातावरण बनाउनु पर्ने, मलेसियामा ज्यान गुमाएका नेपालीहरुको शव सहज रुपमा नेपाल फर्काउनुपर्ने, कामदारको तलव बैकिङ प्रणाली अन्तर्गत हुनुपर्ने, तीन वर्षपछि २४ घण्टे इन्स्यूरेन्सको ब्यवस्था हुनुपर्ने लगायतका विषयहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मलेसियाकालागि नेपाली राजदुत डा. निरन्जनमानसिं बस्न्यातले श्रम संझौता अन्तिम चरणमा पुगेको भएपनि दुबै पक्षमा कतिपय कुरामा चित्त नबुझेकाले हुन नसकिरहेको बताए । अहिले कम्पनी हेरेर मात्र मागपत्र स्वीकृत गर्ने गरिएकाले पहिलाभन्दा कम नेपालीले दुःख पाउने बताए ।

NRNA-Interaction-of-Malaysiउनले थपे, ‘कम्पनी नहेरिकन हामी मागपत्र स्वीकृत गर्दैनौं ।’ गैर आवासीय नेपाली संघ मलेसियाले जेलमा रहेका नेपालीहरुलाई टिकट दिएर निकै सहयोगि भूमिका खेलेको बताए ।

नेपाली दूतावासका श्रमसहचारी वुद्धिनाथ भट्टराईले सरकारले फ्री भिषा र फ्री टिकटको ब्यवस्था गरिसकेकाले नेपालमा सबैलाई जनचेतना जगाउन आवश्यक रहेको बताए ।

गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष महेन्द्रजंग शाहको सभापतित्वमा भएको अन्तरकि्रयामा विभिन्न राजनैतिक दलका भ्रातृ संगठनका पदाधिकारीहरु, ब्यापारीहरु, संघ संस्थाका प्रतिनिधिहरु, श्रमिकहरुको सहभागिता थियो । अन्तरक्रियामा उठेको सवालहरुलाई एनआरएनको सातौं विश्व सम्मेलनमा प्रस्तुत गर्नुका साथै सकोकारवाला निकायहरुलाई बुझाइने एनआरएनए मलेसियाले जनाएको छ ।

जेलमा परेका नेपालीहरुलाई थप १५ टिकट

NRNA-Interaction-at-Malayas

यसैबीच अन्तरक्रिया कार्यक्रममै गैरआवासीय नेपाली संघले जेलमा परेका नेपालीहरुको लागि थप १५ वटा टिकट उपलब्ध गराएको छ ।

अध्यक्ष शाह र आईसीसी सदस्य खगेन्द्र न्यौपानेले कार्यक्रममै उक्त टिकट राजदूतलाई हस्तान्तरण गरेका थिए । यस अघि शुक्रवार मात्रै संघको सहयोगबाट २० जना जेलमा रहेका नेपालीहरु घर फर्किएका थिए । शनिवार प्रदान गरिएको टिकटबाट काजाङ क्याम्पमा रहेकामध्ये १५ जना अक्टोवर १३ तारिखका दिन नेपाल फर्कदै छन् ।

कार्यक्रमको सहजीकरण संघका महासचिव सुन्दर आलेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment