Comments Add Comment

राधा ज्ञवालीलाई मन्त्रीबाट हटाइएकोमा सर्बोच्चको कारण देखाउ आदेश

१७ असोज, काठमाडौं । सर्वोच्च अदालतले एमाले नेतृ राधा ज्ञवालीलाई उर्जामन्त्री पदबाट बर्खास्त गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।

Radha Gyawaliमन्त्री पदको दुरुपयोग गरेको भन्दै सरकारले ज्ञवालीलाई उर्जा मन्त्रीको पदबाट बर्खास्त गरेको थियो । त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्ञवालीलाई हटाउन सरकारलाई सिफारिस गरेको थियो ।

सरकारले बर्खास्त गरेपछि ज्ञवालीले गत विहीबार सर्बोच्चमा रिट दायर गरेकी थिइन् ।

आइतबार न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलाशले उक्त निर्णयमा कारण देखाउ आदेश जारी गरेको सर्बोच्च अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment