Comments Add Comment

सहज आपूर्ति नभएको भन्दै साउथ ब्लकमा नेपाली राजदूतको असन्तुष्टि

१८ असोज, काठमाडौं । भारतले अघोषित नाकाबन्दी खुकुलो पार्ने आश्वासन दिए पनि त्यस अनुसार नभएको भन्दै दिल्लीस्थित नेपाली राजदूत दिपकुमार उपाध्यायले भारतीय विदेश मन्त्रालय पुगेर असन्तुष्टि प्रकट गरेका छन् ।

Deep-Kumarभारतीय विदेश मन्त्रालयमा सोमबार अपरान्ह भएको उच्चस्तरीय भेटघाटमा नेपालको अपेक्षा अनुसार आपूर्ति सहज नभएको जानकारी आफूले गराएको राजदूत उपाध्यायले बताए ।

दिल्लीबाट अनलाइनखबरसँग कुरा गर्दै भने-हामीले धेरैचोटी आश्वासन पायौं तर, त्यस अनुसार व्यवहार भएन । नेपालको तर्फबाट सीमानाबाट सामान लैजान कुनै अप्ठ्यारो नरहेको जानकारी मैले गराएँ । उहाँहरुले सहज गराउने बचन दिनुभएको छ ।’

चाडबाडको बेला आपूर्ति रोकिँदा नेपाली जनताले ठूलो कष्ठ भोगिरहेको जानकारी राजदूतले गराएका थिए । ‘मैले आजै दूतावासमा संयन्त्र खडा गरेर सातओटै नाकामा के भइरहेको छ भन्ने जानकारी लिने व्यवस्था मिलाएको छु’-उनले भने ।

नेपालको संविधानबारे अनावश्यक भ्रम फैलाइएकाले सबैले पढुन् भनेर दूतावासमै संविधान पढ्ने र बुझाउने संयन्त्र समेत निर्माण गरेको राजदूतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment