Comments Add Comment

होलीको दिन काठमाडौंमा ५ महिलासहित १९४ जना पक्राउ

६ चैत, काठमाडौं । बुधबार मनाइएको होली पर्वमा उछृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंबाट १ सय ९४ जनालाई पक्राउ गरेको छ ।

राजधानीको दरबारमार्ग, ठमेल, वसन्तपुर, भृकुटीमण्डप, महाराजगञ्ज, नयाँ बानेश्वर लगायतको क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार पक्राउ पर्नेमा ५ जना महिला पनि छन् । पक्राउ पर्नेहरुलाई नजिकैको प्रहरी कार्यालयमा राखिएको छ ।

प्रहरीले होली पर्वको केहीदिन अघिदेखि नै विशेष सुरक्षा योजना लागू गर्दै जथाभावी रंग दल्ने र लोला हान्नेलाई ठाउँको ठाउँ पक्राउ गर्ने बताउँदै आएको थियो ।

पक्राउ परेकाहरुमा हो–हल्ला गर्ने, झगडा गर्ने र ड्रिंक एण्ड ड्राइभ गर्ने पनि रहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्तकुमार लामाले बताए ।

उनका अनुसार बुधबार साँझ पक्राउ परेकाहरुलाई स्क्रिनिङ गरिनेछ र गम्भीर किसिमको कार्यमा संलग्नमाथि कसुर अनुसार मुद्दा पनि चलाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment