Comments Add Comment

शिल्पा मास्केको दिनचर्या – घरको सबै काम गर्छु

जीवनलाई यसरी वा यस्तै ढंगले जिउनुपर्छ भन्ने लाग्दैन । म आफ्नै ढंग र मर्जी अनुसार जीवन विताउँछु । त्यसैले कतिबेला सुत्ने, कतिबेला उठ्ने, के खाने भन्ने नियमित तालिका छैन । आज जस्तो दिनचर्या हुन्छ, भोलि त्यो भन्दा फरक हुनसक्छ । अझ फिल्ममा काम गर्न थालेपछि मेरो दैनिकी थप अस्तव्यस्त हुन्छ ।

सामान्य अवस्थामा चाँहि म साढे सात बजेतिर उठ्छु । उठ्नसाथ ब्ल्याक टि पिउने बानी छ । पानी भन्दा पनि अगाडि चिया चाहिन्छ । चिया पिएपछि फूर्तिलो महसुष हुन्छ ।

चिया कहिले आफै बनाउँछु, कहिले आमाले बनाइदिनुहुन्छ । चिया पिइसकेपछि भने जिम जान्छु । जिममा करिब दुई घण्टा समय बिताउँछु । यस क्रममा लेग्स, चेस्ट, ब्याक, कार्डियो सबै व्यायाम गर्छु । कहिले काही साउना स्टिम लिन्छु । घर फर्केर फ्रेस  हुन्छु । मेरो घर हात्तिबनमा छ ।

घरबाट निस्केपछि साँझ सात वा आठ बजे घर पुग्छु । दिनभर मिटिङ, अन्र्तवार्ता, फिल्मको काममा व्यस्त भइन्छ । साँझ फर्केपछि मेकअप रिमुभ गर्छु । प|mेस हुन्छु । त्यसपछि टिभी हेर्ने कि, किताब पढ्ने कि, म्युजिक सुन्ने कि, परिवारसँग गफ गर्ने कि मसँग सबै विकल्प रहन्छ ।

राती ओछ्यानमा पुग्दा ११ बजिसकेको हुन्छ । ११ वा १२ बजे मात्र सुत्ने बानी छ ।

मेरो खानपान

बिहान उठ्नसाथ ब्ल्याक टि पिएपछि म एकैपटक जीममा नास्ता गर्छु । जिममा दुई वटा अन्डा, ब्ल्याक कफी, चना र केरा खान्छु ।

घरमा आमाको हातले बनेको खानेकुरा बढी स्वादिलो लाग्छ । तर धेरैजसो म घरबाहिर हुने भएकाले झम्सिखेलको रेष्टुरेन्टमा गइरहेको हुन्छु । झम्सिखेलको रेड हाउस वा अचार घरमा म लन्च गर्छु । लन्चमा मलाई नेपाली खाना नै मनपर्छ । दाल, भात, तरकारी, अचार ।

मलाई इन्डियन वा इटालिन खाना पनि मनपर्छ । चिकेन र फिस मलाई स्वादिलो लाग्छ । तर आफै मासु पकाउन भने मन लाग्दैन । आफैले पकाएको मासु खान बढी दिगमिग लाग्छ ।

म आफैलाई पनि भान्सामा काम गर्न जाँगर चल्छ । बेलामौकामा भान्सामा छिरेर जुठो भाँडा माझ्छु वा प्याज काट्छु । मुड चलेको बेला खानेकुरा पकाउँछु । तर, कहिले काहीँ चाहि आमाले भान्सामा प्रवेश गर्न दिनहुन्न ।

मेरो ड्रेसअप

मलाई अक्सर क्याजुअल ड्रेसमा रुची लाग्छ । लगाउन सजिलो एवं सुहाउँदो होस् भन्ने लाग्छ । त्यसैले जिन्स र टिसर्ट लगाउँछु । स्पोर्टस् सुज लगाउँछु । सुटिङमा जाने हो भने त ट्राउजर नै सजिलो लाग्छ ।

मलाई लुगा लगाएर तयार हुन दुई घण्टा लाग्छ । यत्तिका समय मेकअपमा पनि खर्च हुन्छ ।

मेकअपमा म अलि बढी समय लिन्छु ।

मलाई लुगाफाटो किन्न पनि औधी रुची लाग्छ । प्राय पारिश्रमिक पाएको छु भने किनमेलमा जान्छु । हामी तीन दिदीवहिनी छौं । त्यही भएर एकअर्काको लुगा साटफेर गरेर पनि काम चलाइन्छ ।

(यहाँ प्रस्तुत गरिएको अभिनेत्री शिल्पा मास्केको दिनचर्या उनकै भाषामा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment