
News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस सांसद दीपक गिरीले सरकार गभर्नर नियुक्तिको ‘म्युजिकल चेयर’ खेलमा मस्त रहेको टिप्पणी गरेका छन् ।
- संसद्मा बहुमत भएको सरकारलाई अझ सक्रिय भएर काम गर्न र विभिन्न जटिलताहरूलाई टार्न उनले सुझाव छ।
- सांसद गिरीले दाङको टरिगाउँ एयरपोर्ट निर्माणमा सरकारको ध्यानाकर्षण गराए।
३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकार गभर्नर नियुक्तिको ‘म्युजिकल चेयर’ खेलमा मस्त रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद गिरीले संसद्मा अत्यधिक बहुमत प्राप्त सरकार अल्झिन नहुने बताए ।
‘सरकार गभर्नर नियुक्तिको म्युजिकल चेयरमा मस्त छ । निजामति विधेयकका सन्दर्भमा संसदीय समिति कुलिङ प्रियड २ वर्ष कि ३ वर्ष भन्ने अन्योलमा छ । प्रदेश सरकारले अधिकारको माग गरिरहेको छ । भर्खर शिक्षकहरू चित्त बुझाएर हो कि चित्त नबुझाएरै फर्किएका छन् । सबैतिर अलमल नै अलमल रहेका बेला सरकारले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । त्यसैले अब अलमल नगरी अघि बढ्न म सरकारलाई अनुरोध गर्दछु,’ उनले भने ।
सांसद गिरीले दाङको टरिगाउँ एयरपोर्ट निर्माणमा ध्यान दिन पनि सरकारसँग आग्रह गरे ।
प्रतिक्रिया 4