+
+
Shares

यातायात व्यवसायी महासंघको अध्यक्षमा सिटौला निर्वाचित

अध्यक्षमा निर्वाचित सिटौला यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते २०:५९

३० वैशाख, पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुष्पप्रसाद सिटौला निर्वाचित भएका छन् । उनले ९०३ मत प्राप्त जित निकाले ।

सिटौलाका निकटतम प्रतिस्पर्धी हरिशरण केसीले ४६४ मत प्राप्त गर्दा दुवै जनाबीच ४३९ जित–हार निर्धारण भएको छ ।

अध्यक्षमा निर्वाचित सिटौला यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षका तीन पदमा ५८९ मतसहित सानुकाजी प्रजापति,  ५८४ मतसहित एनकुमार साई र ५७१ मतसहित केदारप्रसाद पौडेल निर्वाचित भएका छन् ।

उपाध्यक्षका सात पदमा ६८३ मतसहित चन्द्र ओझा, ६३१ मतसहित आत्माराम शर्मा, ६१३ मतसहित टेकराज पन्त, ६१० मतसहित कमलराज मित्र, ५८५ मतसहित कान्छामान बल, ५५६ मतसहित जितबहादुर भारती र ५३९ मतसहित रामप्रसाद सुवेदी निर्वाचित भएका छन् ।

मालवाहक उपाध्यक्षमा यादवलाल श्रेष्ठ ७६ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नवीन प्रजापतिले ६३ मत प्राप्त गरे ।

महासचिव पदमा धनञ्जय गौतम ६९८ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनिन्द्र श्रेष्ठले ४८९ मत पाए ।

उपमहासचिवका तीन पदमा ५४७ मतसहित देवेन्द्र श्रेष्ठ, ५४१ मतसहित भानुभक्त बराल र ५१३ मतसहित प्रदीपसिंह खड्का निर्वाचित भए ।

सचिवका तीन पदमा ५९९ मतसहित उमेश केसी, ५६८ मतसहित चेतप्रसाद गौतम ‘अर्जुन’ र ५५१ मतसहित टंकप्रसाद ज्ञवाली  निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा राजेश आचार्य ५९६ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी राजेश कुमार श्रेष्ठले ५१२ मत पाएका छन् ।

सह–कोषाध्यक्षमा शोभाशंकर पौडेल ६७५ मतसहित निर्वाचित भए । कृष्णराम सुवेदीले ५४० मत प्राप्त गरे  ।

निर्वाचित अध्यक्ष सिटौलाले सार्वजनिक यातायात क्षेत्र सुधारका लागि नीतिगत तहबाटै काम गर्ने प्रतिवद्धता गरेका छन् । उनले सार्वजनिक यातायातमा जिपिएस र इटिकेटिङको ब्यवस्था गर्ने बताएका छन्  ।

बीमालाई व्यवस्थित गर्दै व्यवसायीको पक्षमा वकालत गर्ने सिटौलाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?