News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले भाडा नबढाए आफैं बढी भाडा असुल गर्ने चेतावनी दिएको छ।
- यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत भाडा बढाउन सिफारिस गरेको छ तर मन्त्रालयले भाडा बढाएको छैन।
- नेपाल आयल निगमले डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएपछि व्यवसायीले भाडा बढाउन माग गरेका छन्।
११ चैत, काठमाडौं । यातायात व्यवसायीले सरकारले भाडा नबढाए आफैं बढी भाडा असुल गर्ने धम्की दिएका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा स्वघोषणा गरी असुल गर्ने चेतावनी दिएको हो । यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत भाडा बढाउन सिफारिस गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा नबढाएको भन्दै महासंघले यस्तो चेतावनी दिएको हो ।
‘भाडा समायोजनका लागि अनुरोध गर्दा हालसम्म सुनुवाइ नहुँदा दिनहुँ व्यवसायीले लाखौं रुपैयाँ घाटामा सेवा सञ्चालन गरिरहेकाले सेवा बन्द गर्नुपर्ने वा यातायात व्यवस्था विभागबाट भाडा समायोजन गर्न सिफारिस भए बमोजिम भाडा घोषणा गरी दिने विकल्प नभएको हुँदा भाडा समायोजन गर्न जोडदार माग गर्दैछौं,’ महासंघ महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा छ ।
नेपाल आयल निगमले २ चैतदेखि लागु हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएपछि यातायात व्यवसायी भाडा बढाउन तम्सिएका हुन् ।

प्रतिक्रिया 4