News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न गठित आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगकै प्रतिवेदनले पुष्टि गरेको टिप्पणी गरेका छन्।
- उनले फेसबुकमार्फत् भनेका छन्, \'कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो।\'
- पोखरेलले नयाँ शक्तिको उदय लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट भएको र अब राष्ट्र र लोकतन्त्रले चुनौतीको सामना गर्नुपर्ने उल्लेख गरेका छन्।
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न गठित आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगकै प्रतिवेदनले पुष्टि गरेको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सन्जाल फेसबुकमार्फत् यो टिप्पणी गरेका हुन् । ‘कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ,’ महासचिव पोखरेलले भनेका छन्, ‘सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ ।’
उनले निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर रहेको समेत उल्लेख गरेका छन् । ‘अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको छ । अबको बाटो सजिलो नहुन सक्छ– राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ,’ उनले लेखेका छन् ।
यस्तो अवस्थामा ‘नयाँ शक्ति’ र ‘नेतृत्व’लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्यांकन गर्न दिनु नै सम्भवत: विवेकपूर्ण कदम हुन सक्ने उनको धारणा छ ।
उनले भनेका छन्, ‘तर पनि सत्य कुरा के हो भने– लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरुको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दीर्घकालीन विकल्प पनि होइन ।’
प्रतिक्रिया 4